काठमाडौं । आज २०८२ साल वैशाख १८ गते बिहीबार। वैशाख शुक्ल पक्षको चतुर्थी तिथि।
मेष : प्रेम सम्बन्ध सुमधुर रहनेछ। घरपरिवारमा जग्गा जमिनका मुद्दा मामलाहरू सुल्झिनेछन्। पारिवारिक जीवनमा शुभ समाचार सुन्न मिल्ला। स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान राख्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
वृष : दिन राम्रो छ। सोचेको काम बन्नेछन्। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाका क्षेत्रमा गरेको लगानीबाट नाफा हुने योग छ। विदेशमा गरेको लगानी र व्यापारबाट फाइदा हुनेछ।
मिथुन : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा भने तनाव बढ्नेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ भने प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
कर्कट : कार्यक्षेत्रमा अनुभवले आँटेको कार्य सम्पादन गर्न सकिनेछ। राजकीय मामलाहरू सुल्झिनेछन्। भावनात्मक सम्बन्ध सबल हुनेछ। शेयर बजारबाट मनग्य लाभ रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
सिंह : दिन सामान्य छ। मिहिनेत गरेर सुरुवात गरेको योजना दीर्घकालसम्म रहनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या बढ्नसक्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।
कन्या : कार्यक्षेत्रमा अनुभवको फाइदा मिल्नेछ। अरुको स्वार्थमा उपयोगी भइनेछ सजग रहनुहोला। कीर्तिमान कार्य गर्ने अवसर जुट्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ
तुला : दिन राम्रो छ। औषधी नियमित गर्न सके स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
वृश्चिक : बौद्धिक क्षेत्रका व्यक्तिसँगको भेटले मनमा उत्साह बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा नेतृत्वको साथ मिल्नेछ।
धनु : दिन सामान्य छ। ठुलो योजना नबनाउनु राम्रो हुन्छ। साना कुराले झन्झट थपिनेछ। विपक्षी साथी कमजोर बन्दा केही योजना सफल बन्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ।
मकर : आफ्नो ख्याल आफैं गर्नुपर्नेछ। विरोधी साथीसँग सचेत बन्नुपर्नेछ। परिवारको सल्लाहमा अगाडि बढ्नुपर्नेछ। स्वास्थ्यमा सचेत नहुँदा समस्या बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कुम्भ : दिन राम्रो छ। विपक्षी भनेका साथीको साथ मिल्नेछ। शिक्षामा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ। परिवारसँगको सम्बन्धमा सुधार हुनेछ। राज्यको महत्त्वपूर्ण जिम्मेवारी प्राप्त गर्ने योग छ।
मीन : कार्यक्षेत्रमा आफन्तहरूको सहयोग मिल्नेछ। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। व्यापार व्यवसायमा बोलिको प्रभावले गर्दा अवसरहरू गुम्लान् सावधान रहनुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।




