काठमाडौं । आज २०८२ साल भदौ १७ गते मंगलबार
मेष : दिन उत्तम रहेको छ। आँटेका कार्य सम्पादन हुनेछन्। युवावर्गहरूलाई करियरलाई लिएर राम्रो प्रस्ताव हात लाग्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
वृष : दिन सामान्य छ । लगानी डुब्ने जोखिम छ। तपाईंको बोलीले व्यवहारमा समस्या हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । व्यापारमा घाटा हुनेछ ।
मिथुन : दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। कार्यक्षेत्रमा व्यस्तता बढ्नेछ। विश्वासको साथमा आफ्नो कुरा राख्न सक्नुहुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
कर्कट : दिन राम्रो छ । शिक्षामा प्रगति हुनेछ। जग्गाको कारोबारमा नाफा हुनेछ । स्वास्थ्यमा सुधार हुने योग छ । विदेशको रमझमले मन आकर्षित हुनेछ । लगानीबाट नाफा आर्जनको समय छ ।
सिंह : दिन राम्रो छ । तपाईंका काम सफल बन्नेछ । व्यापारमा फाइदा हुनेछ । शिक्षामा लगानीका लागि हिम्मत गर्नुपर्ने छ । परिवारलाई विश्वास गर्दा धोका हुनेछ ।
कन्या : दिन सामान्य छ । बोल्दा तीन पटक सोच्नुपर्ने समय छ। विश्वास गरेका पात्रबाट असहयोग हुनेछ । परिवार भित्रबाट भने सहयोग मिल्नेछ । राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ ।
तुला : आत्मविश्वासमा वृद्धि हुनेछ। छरछिमेकीसँग वादविवादको सम्भावना रहेको छ सावधान रहनुहोला। आफ्नो निजी कार्य भोलिलाई नटाल्नुहोस्। सकारात्मक सोचले सबैलाई प्रभावित पार्न सक्नुहुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक : दिन राम्रो छ । आम्दानी बढ्नेछ । ठुला व्यक्तिसँगको छलफलले मन प्रशन्न हुनेछ । राज्यको माथिल्लो निकायबाट साथ र सहयोग मिल्नेछ । स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन छ ।
धनु : दिन राम्रो छ । मन प्रशन्न रहने छ । विदेश यात्राको बाटो खुल्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
मकर : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । अनावश्यक यात्रामा समय जानेछ । रोगबाट मुक्त हुने योग छ । राजनीतिक क्षेत्रमा भने सचेत बन्नुपर्ने देखिन्छ ।
कुम्भ : दिन राम्रो छ । शिक्षामा प्रगति हुनेछ। धार्मिक कार्यमा सहभागी हुन मन शान्त बन्नेछ । गुरुसँगको भेटले नयाँ योजना तर्जुमा हुनेछन् । यात्रामा कष्ट हुने भएकाले लामो दूरीको यात्रा नगर्नु उचित हुन्छ ।
मीन : रोजगारबाट लाभ मिल्नेुका साथै नयाँ योजनाहरूमा लगानी लगाउने समय रहेको छ। संगीत र कलाको क्षेत्रमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। जीवनमा आलस्यलाई हावी हुन नदिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।




