मेष : दिन संघर्षपूर्ण रहनेछ। कार्यक्षेत्रमा भाग दौड गर्नुपर्ला। उच्च पदस्थ व्यक्तिको साथ र सहयोगले विवादास्पद कार्य सम्पादन हुनेछ। आफूमाथि विश्वास राख्नुहोस् सफलता अवश्य मिल्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
वृष : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। मिहिनेत गरेको ठाउँको मूल्य प्राप्त हुनेछ। आफन्तको साथ र सहयोग प्राप्त हुनेछ। नयाँ व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मिथुन : दिन सामान्य छ। तपाईंको बोलीका कारण आफन्त टाढा हुनेछन्। सम्पत्तिको पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुनेछ। धार्मिक कार्यमा सहभागी हुनु राम्रो हुनेछ। परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ।
कर्कट : दिन राम्रो छ। दोहोरो जिम्मेवारीका कारण समस्या पर्ने जोखिम छ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। पूर्वको यात्रा नगर्नु उचित हुन्छ। जग्गाको कारोबारबाट भने फाइदा हुनेछ।
सिंह : दिन राम्रो छ। आफन्त टाढिने जोखिम छ। शिक्षा र स्वास्थ्यमा नाफा हुनेछ। विपक्षी साथी शान्त रहेकाले काम सहजै बन्नेछ। राजनीतिक नेतृत्वको साथमा महत्त्वपूर्ण काम बन्नेछ।
कन्या : दिन राम्रो छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ योग छ। विदेशमा गरेको लगानीबाट नाफा हुनेछ। व्यापारमा हिम्मत गर्नुपर्ने देखिन्छ।
तुला : दिन सामान्य छ। आम्दानी भन्दा खर्च बढ्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ। बौद्धिक व्यक्तिसँग सल्लाह लिएर काम गर्नुपर्ने दिन छ। परिवारमा सल्लाह नगरी अगाडि बढ्दा खटपटी बढ्नेछ।
वृश्चिक : कानुनी मामलाहरू सुल्झिनेछन्। सामाजिक संस्थामा जोडिने अवसर प्राप्त हुनेछ। आकस्मिक धनलाभको अवसर मिल्नेछ। दाईभाइमा आत्मीयता बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
धनु : दिन राम्रो छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। गुरुको साथ र सहयोग मिल्नेछ। कृषि र फलफूलको व्यापार गरेमा त्यसबाट राम्रो फाइदा हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मकर : दिन राम्रो छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। इज्जत बढ्नेछ। समाजमा मान र प्रतिष्ठा बढ्नेछ। परिवारमा खटपटी बढे पनि परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
कुम्भ : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। यात्रामा समय बर्बाद भएको महसुस हुनेछ। अभिभावकले दिएको आशिर्वादले मात्र तपाईंको दिन सहज बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिक काम सहज बन्नेछ।
मीन :दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। नयाँ अवसरको खोजीमा आफन्तहरूबाट टाढिनुपर्ला। अध्ययनमा लगावले बौद्धिक क्षेत्र फराकिलो हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।




