आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

सजिलो पाना
आइतवार, श्रावण ३१ २०८३
सजिलो पाना
आइतवार, श्रावण ३१ २०८३
  • काठमाडौं।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रूपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रूपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । 

    युरोपियन युरो एकको खरिददर १७६ रूपैयाँ ०६ पैसा र बिक्रीदर १७६ रूपैयाँ ७५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रूपैयाँ ११ पैसा र बिक्रीदर २०६ रूपैयाँ ९२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रूपैयाँ ४० पैसा र बिक्रीदर १८८ रूपैयाँ १३ पैसा कायम गरिएको छ ।

    अस्ट्रेलियन डलर एकको खरिददर १०७ रूपैयाँ ८२ पैसा र बिक्रीदर १०८ रूपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रूपैयाँ ७२ पैसा र बिक्रीदर ११० रूपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रूपैयाँ १३ पैसा र बिक्रीदर ११९ रूपैयाँ ६० पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रूपैयाँ ५८ पैसा र बिक्रीदर नौ रूपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रूपैयाँ ६० पैसा र बिक्रीदर २२ रूपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रूपैयाँ ५९ पैसा र बिक्रीदर ४० रूपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रूपैयाँ ८२ पैसा र बिक्रीदर ४१ रूपैयाँ ९८ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ६० पैसा र बिक्रीदर चार रूपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४१ रूपैयाँ ४९ पैसा र बिक्रीदर ४१ रूपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रूपैयाँ ३० पैसा र बिक्रीदर ३७ रूपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ ७९ पैसा र बिक्रीदर १० रूपैयाँ ८३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ९८ पैसा र बिक्रीदर १६ रूपैयाँ ०५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रूपैयाँ ५५ पैसा र बिक्रीदर २३ रूपैयाँ ६४ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रूपैयाँ ४२ पैसा र बिक्रीदर १९ रूपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रूपैयाँ ९८ पैसा र बिक्रीदर ४९७ रूपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रूपैयाँ २१ पैसा बिक्रीदर ४०५ रूपैयाँ ८० पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रूपैयाँ ८० पैसा र बिक्रीदर ३९७ रूपैयाँ ३६ पैसा रहेको छ ।

    भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij