आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

कस्तो छ आजको राशिफल ?

कस्तो छ आजको राशिफल ?

सजिलो पाना
शुक्रवार, बैशाख ५ २०८२
सजिलो पाना
शुक्रवार, बैशाख ५ २०८२
  • काठमाडौं । आज २०८२ साल वैशाख ५ गते शुक्रबार। वैशाख कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ अप्रिल १८ तारिख। 

    मेष : आफ्नो योग्यतालाई विचार गरेर आत्मविश्वासको साथ निर्णय लिनुहोला सफलता मिल्नेछ। कमजोरीलाई सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउने समय रहेको छ। विद्यार्थीहरूको बौद्धिक क्षमताको प्रशंसा हुनेछ। आजको शुभ रंग हल्का सेतो हो भने शुभ अंक १ रहेको छ।

    वृष : स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने दिन छ। रोगविरुद्ध बच्न खानपानमा ध्यान दिनुपर्नेछ। व्यापारमा गरेको लगानीबाट सफलता मिल्नेछ। वैदेशिक लगानीबाट राम्रो उन्नति हुनेछ। आज तपाईंले सचेत भएर कारोबार गर्नु राम्रो हुनेछ।

    मिथुन : दिन राम्रो छ। सोचेको काम बन्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। शिक्षामा गरेका प्रयास सफल देखिन्छन्। धार्मिक र बौद्धिक मानिसँग भेट हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

    कर्कट : दिन सामान्य छ। टोल, छिमेक वा परिवारभित्र झुटो आरोप सुन्नुपर्ने हुनसक्छ। शिक्षाको क्षेत्रमा गरेको लगानी डुब्ने खतरा छ। वैदेशिक क्षेत्रको लगानीबाट भने फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुरमा भने सुधार हुनेछ।

    सिंह : दिन राम्रो छ। तपाईंले आज सुरु गरेको काम बन्नेछ। आफन्त र अग्रजको सहयोग लिनु राम्रो हुन्छ। काम गर्नु अगाडि विषय विज्ञसँग सुझाव लिनुपर्नेछ। व्यापारमा फाइदा हुने योग छ।

    कन्या : आज तपाईंका लागि संघर्षपूर्ण दिन छ। लगानी डुब्ने खतरा छ। व्यापारमा घाटा हुनेछ। ठुलो योजना नबनाउनु राम्रो हुन्छ। यात्रामा सचेत बन्नुपर्ने दिन छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

    तुला : आज तपाईंको दैनिकी राम्रो छ। चन्द्रमा दाहिना भएकाले राम्रो कामको सुरुवात गर्नु राम्रो हुन्छ। व्यापारमा फाइदा हुनेछ। परिवारको साथमा रमाइलो घुमघामको अवसर मिल्नेछ।

    वृश्चिक : धन लाभ हुने दिन छ। शिक्षामा सफलता मिल्नेछ। वैदेशिक लगानी भए राम्रो आम्दानी हुनेछ। लामो यात्रा नगर्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

    धनु : दिन राम्रो छ। श्रमको नतिजा राम्रो प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीले मनमा उत्साह थप्नेछ। प्रेम सम्बन्धले परिवारमा उल्लास बढ्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

    मकर : दिन सामान्य छ। खर्च बढ्नेछ। ठुलो काममा भुलेर पनि सुरुवात नगर्नु उचित हुन्छ। थोरै बोल्नुपर्ने दिन छ। आफन्तले खुट्टा तान्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

    कुम्भ : अनावश्यक खर्च बढ्नेछ। अपेक्षा गरेका मान्छेबाट सहयोग प्राप्त नहुने देखिन्छ। जुनसुकै काम गर्दा पनि आफू अगाडि नलाग्नु राम्रो हुन्छ। उद्योग र व्यापारमा हात नलगाउनु राम्रो हुन्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

    मीन : धर्म कर्मप्रति आस्था बढ्नेछ। लगनशीलताले विपरीत परिस्थितिलाई आफूतिर झुकाउन सकिनेछ। व्यापार व्यवसायमा नयाँ अनुबन्धहरूबाट विशेष लाभ मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij