काठमाडौं । आज २०८२ साल वैशाख ४ गते बिहीबार। वैशाख कृष्ण पक्षको चौथी तिथि।
मेष : रोकिएका काम दोहोराएर प्रारम्भ गर्दा सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपिनमा सजग रहनुहोस्। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
वृष : दिन राम्रो छ। आम्दानीको बाटो खुला छ। खर्च गर्दा सचेत हुनुपर्नेछ। मनमा खुशी बढ्नेछ। स्वदेशमा भन्दा विदेशतर्फ मन आकर्षित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मिथुन : आजको दिन तपाईंका लागि सामान्य छ। आफ्नो क्षमता नबुझ्दा समस्या झेल्नुपर्ने हुनसक्छ। खानपानमा ध्यान दिनुपर्नेछ। रोगको जोखिम बढ्नसक्छ। संकटमा परिवारको साथ मिल्नेछ।
कर्कट : आजको दिन सामान्य छ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। मान्यजनको सुझाव लिएर काम गरेमा सफलता मिल्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
सिंह : संघर्ष गर्नुपर्ने दिन छ। नयाँ साथीसँगको संगतले दिन रमाइलोसँग बित्नेछ। आफूले गर्न खोजेको काममा मिहिनेत गर्नुपर्ने देखिन्छ। धार्मिक क्षेत्रमा मन जानेछ। विदेशको आकर्षणले मन चञ्चल बन्नेछ। परिवारको साथ मिल्नेछ।
कन्या : दिन राम्रो छ। सफलताका लागि मिहिनेत गर्नुपर्नेछ। मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइको साथ रहनेछ। परिवारको तर्फबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
तुला : दिन राम्रो छ। हरेक क्षेत्रमा परिश्रम गर्नुपर्नेछ कामको थालनी गर्नु भए फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। साथीको साथ मिल्नेछ। आफन्तले सहयोग गर्ने दिन छ।
वृश्चिक : तपाईंको बोलीमा आज सरस्वतीको बास रहेकाले बोल्दा ख्याल गर्नुपर्ने छ। आजको दिन अरुको सेवामा भुल्नुभन्दा आफ्नो ख्याल गर्नुपर्ने समय आएको छ। खानपान र व्यायाममा सचेत हुनुपर्नेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ।
धनु : रोजगारीको क्षेत्रमा ठुलो संघर्ष गर्नुपर्ने दिन छ। मिहिनेत गरेमा नतिजा राम्रो प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीले खुशी दिनेछ। समाजमा नाम, दाम र इनाम मिल्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुने योग छ।
मकर : तपाईंका लागि आजको दिन धेरै राम्रो छ। दिनको सदुपयोग गर्नुपर्ने देखिन्छ। लगानी गरेको भए फाइदा हुनेछ। परिवारले अप्ठेरो परिस्थितिमा सहयोग गर्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कुम्भ : दिन सामान्य छ। जुनसुकै काम गर्दा पनि शान्त बनेर अगाडि बढ्नुपर्नेछ। साथीभाइसँगको सहकार्यमा अगाडि बढ्नु उचित हुन्छ। मिहिनेत गरेको ठाउँबाट श्रमको मूल्य प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मीन : कार्यक्षेत्रमा बोलीको प्रभावले कार्य सिद्ध हुनेछन्। भाग्यले साथ दिनेछ। व्यापार व्यवसायमा महत्त्वपूर्ण निर्णयहरूमा मातापिताको सल्लाह अवश्य लिनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।




