काठमाडौं । नेपालीहरूको महान चाड वडा दशैं, तिहार तथा छठ पर्वको शुभ अवसर पारेर नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि (पद्म ज्योति ग्रुप)ले आफ्ना ग्राहकहरूका लागि 'यो दशैं, आशाको शुरूआत' नामक विशेष र आकर्षक योजना सार्वजनिक गरेको छ।
चाडपर्वको उल्लासलाई थप विशेष बनाउने उद्देश्यका साथ बजारमा ल्याइएको यस योजना अन्तर्गत ग्राहकहरूले होण्डाको नयाँ बाइक तथा स्कुटर खरिद गर्दा स्क्र्याच कुपनमार्फत १ लाख रुपैयाँसम्मको आकर्षक नगद जित्ने मौका प्राप्त गर्न सक्नेछन्।
यस अन्तर्गत विजेता ग्राहकले आफूले जितेको रकम प्राप्त गर्नेछन् भने होण्डा नेपालले विजेताले जितेको सोही बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
यसरी यस अफरले ग्राहकहरूलाई पुरस्कार जित्ने अवसरका साथसाथै देशको विपत्तिमा परोपकारी कार्यमा प्रत्यक्ष रुपमा जोडिने महान अवसर समेत प्रदान गरेको छ।
यसका साथै, ग्राहकहरूको थप सुविधा र सन्तुष्टिलाई ध्यानमा राख्दै कम्पनीले अतिरिक्त योजनाको पनि व्यवस्था गरेको छ । जसमा ग्राहकले आफ्नो आवश्यकता र इच्छा अनुसार तीनवटा विकल्पमध्ये कुनै एक रोज्न सक्नेछन्।
यस अन्तर्गत ग्राहकले १० हजार रुपैयाँसम्मको अतिरिक्त स्क्र्याच कुपन (Additional Scratch Coupon), वा ७ वर्षको लागि निःशुल्क सर्भिसिङ, वा ५ वर्षको लागि वार्षिक मर्मत सम्झौता मध्ये कुनै एक उत्कृष्ट सुविधा छनोट गरी प्राप्त गर्न सक्नेछन्।
नयाँ बाइक तथा स्कुटर खरिदलाई आर्थिक रुपले थप सहज र पहुँचयोग्य बनाउन यस अफरमा फाइनान्स पार्टनरको रूपमा रहेको स्याकार हायर पर्चेज प्रालिमार्फत निकै सजिलो फाइनान्सिङको सुविधा पनि उपलब्ध गराइएको छ।
चाडपर्वको खुसीसँगै समाज र देशप्रतिको उत्तरदायित्वलाई पनि बहन गर्दै ल्याइएको यस 'यो दशैं, आशाको सुरुवात' योजनाले सम्पूर्ण ग्राहकहरुको जीवनमा सकारात्मक उर्जा थप्ने विश्वास कम्पनीले लिएको छ। यस योजना अन्तर्गत होण्डा टु-ह्विलर खरिद गर्दा नियम तथा सर्तहरु लागू हुने कम्पनीले जनाएको छ ।




