शनिवार, कार्तिक १ गते २०८३    

शनिवार, कार्तिक १ गते २०८३    

एसपीजी अटोमोबाइल्स र सिद्धार्थ बैंकबीच ग्राहकलाई छुट दिने सम्झौता

एसपीजी अटोमोबाइल्स र सिद्धार्थ बैंकबीच ग्राहकलाई छुट दिने सम्झौता

सजिलो पाना
शुक्रवार, आश्विन २३ २०८३
सजिलो पाना
शुक्रवार, आश्विन २३ २०८३
  • काठमाडौं । नेपालमा ओमोडा एन्ड जेइकु तथा iCAUR सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स र सिद्धार्थ बैंकले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को अवसरमा ग्राहकलाई विशेष छुट उपलब्ध गराउने भएका छन्। यस सम्बन्धमा बैंक र कम्पनीबीच सम्झौता भएको छ।

    साझेदारी अन्तर्गत सिद्धार्थ बैंकले ओमोडा एन्ड जेइकुका ग्राहकलाई सर्भिस चार्जमा विशेष छुट प्रदान गर्नेछ। त्यस्तै, सिद्धार्थ बैंकमार्फत फाइनान्सिङ गरी ओमोडा एन्ड जेइकुका सवारीसाधन खरिद गर्ने ग्राहकले खरिदमा विशेष छुट पाउनेछन्।

    एनपीएल सिजन ३ को अवधिभर लागू हुने यो योजना नेपालभरका ओमोडा एन्ड जेइकुका आधिकारिक डिलरशिप तथा सिद्धार्थ बैंकका शाखामार्फत उपलब्ध हुनेछ।

    सिद्धार्थ बैंक एनपीएलको टाइटल स्पोन्सर र ओमोडा एन्ड जेइकु को-स्पोन्सरका रूपमा आबद्ध छन्। दुवै ब्रान्ड प्रतियोगिताको पहिलो सिजनदेखि नै जोडिँदै आएका छन्। यस सहकार्यले नेपाली क्रिकेटको विकास तथा प्रवर्द्धनमा योगदान पुर्‍याउनुका साथै क्रिकेटप्रति नेपाली जनताको उत्साहलाई थप प्रोत्साहन गर्ने विश्वास लिइएको छ।

    यस साझेदारीमार्फत ओमोडा एन्ड जेइकुका ग्राहकले सवारीसाधन खरिद, फाइनान्सिङ तथा सर्भिस चार्जमा विशेष लाभ प्राप्त गर्नेछन्। एनपीएल सिजन ३ को अवधिमा लागू हुने यस योजनाले ग्राहकलाई सवारीसाधन खरिद तथा स्वामित्वको अनुभव थप लाभदायी बनाउने अपेक्षा गरिएको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij