शनिवार, कार्तिक १ गते २०८३    

शनिवार, कार्तिक १ गते २०८३    

हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य

हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य

सजिलो पाना
मंगलवार, भाद्र २३ २०८३
सजिलो पाना
मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौं । बाबर हायतको शतकमा हङकङले एसीसी प्रिमियर कपमा नेपालसामु २६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    मंगलबार मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ रोजेको हङकङले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २६१ रनको योगफल तयार पारेको हो । 

    हङकङका हायतले अविजित ११७ रनको योगदान गरे । उनले १२६ बलमा सात चौका र सात छक्का प्रहार गरे । यसैगरी, शाहिद वासिफले ४५, एहसान खानले अविजित ३५, जिशन अलीले १५ र अन्शुमन रथले १३ रन बनाए । 

    आठौँ विकेटका लागि हायत र खानले अविजित १२८ रनको साझेदारी गरेका थिए । 

    नेपालका कप्तान सन्दीप लामिछानेले चार र शेर मल्लले तीन विकेट लिए ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij