मंगलवार, कार्तिक ४ गते २०८३    

मंगलवार, कार्तिक ४ गते २०८३    

आज २०८२ साल वैशाख २२ गते सोमबारको राशिफल

आज २०८२ साल वैशाख २२ गते सोमबारको राशिफल

सजिलो पाना
सोमवार, बैशाख २२ २०८२
सजिलो पाना
सोमवार, बैशाख २२ २०८२
  • काठमाडौं । आज २०८२ साल वैशाख २२ गते सोमबार। वैशाख शुक्ल पक्षको अष्टमी तिथि। 

    मेष : कार्यक्षेत्रमा विवेक वा समझदारीले नयाँ निर्णयहरू लिनुहोला। घरपरिवारमा चित्त नबुझेको कुरामा छिटै प्रक्रिया नदिनुहोला। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    वृष : निजी धनको सदुपयोग गर्ने दिन हो। लगानीको क्षेत्र छनोट आफैले गर्नु राम्रो हुन्छ। शिक्षामा गरेको लगानी बढ्नेछ। विदेश यात्रा हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    मिथुन : आम्दानी भए पनि सदुपयोग नहुँदा मिहिनेतको फल प्राप्त नहुनसक्छ। सत्य बोल्ने मान्छेसँग मात्र संगत गर्नु राम्रो हुन्छ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ।

    कर्कट : काम गर्नु अगाडि पूर्व तयारी आवश्यक देखिन्छ। परिवारसँग सल्लाह गरेको कामबाट मात्र फाइदा हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट मन खुशी हुनेछ। दोहोरो कुरा गर्नेसँग सचेत हुनु राम्रो हुन्छ।

    सिंह : बुद्धिको प्रयोग गरेर जीवनलाई अगाडि बढाउनु राम्रो हुन्छ। रिसले तपाईंको क्षति हुनेछ। सनकको भरमा कुनै पनि काम नगर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको भन्दा स्वदेशमै गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    कन्या : दिन सामान्य र आफन्तबाटै काममा अवरोध हुनसक्छ। आफू भन्दा ठुलाको सुझाव लिएर काम गरेमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ।

    तुला : धेरै जनाको चित्त बुझाउने काम गर्दा आफूलाई घाटा हुनेछ। सोचेर गरेको लगानी भए शिक्षामा फाइदा हुनेछ। रोजगारीको क्षेत्रमा सफलता मिल्नेछ। विदेशमा भन्दा स्वदेशमै रोजगारीको अवसर प्राप्त हुनेछ।

    वृश्चिक : आफू भित्रको खुशी भुलेर बाहिर खुशी खोज्दा निराश हुनुपर्नेछ। आफूभित्र रमाउन सकेमा हरेक क्षेत्रमा उन्नति हुनेछ। वैदेशिक लगानीबाट राम्रो हुनेछ। परिवारसँगको सल्लाहमा गरेको काम सफल बन्नेछ।

    धनु : नयाँनयाँ सम्भावनाका ढोका खुल्नेछ। मन उत्साहित हुनेछ। अधुरा योजना सञ्चालन हुनेछन्। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। गुरुको आर्शिवादले मन खुशी हुनेछ।

    मकर : सञ्चित धन जोगाउनुपर्ने समय छ। ठूलो खर्च नगरेको राम्रो हुनेछ। थोरै बोलेर धेरै काम गर्नुपर्नेछ। बिहानै शिवको भजन सुन्नु राम्रो हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ।

    कुम्भ : शनिदेवको छाया योग रहेको छ। सकारात्मक ठाउँमा शनिदेव भए उन्नतिको अवसर मिल्नेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर हुनेछ। वैदेशिक लगानीको क्षेत्रबाट फाइदा हुनेछ।

    मीन : जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। अरुलाई सहयोग गरेर मन प्रसन्न रहनेछ। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij