आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

केई एक्सचेन्ज कार्भिनल २०८२ हुँदै, इभि खरिदमा विशेष छुट र उपहारहरू

केई एक्सचेन्ज कार्भिनल २०८२ हुँदै, इभि खरिदमा विशेष छुट र उपहारहरू

सजिलो पाना
शनिवार, बैशाख २० २०८२
सजिलो पाना
शनिवार, बैशाख २० २०८२
  • काठमाडौँ । लक्ष्मी ई मोविलिटी र जिओ अटोमोवाइल्सको संयुक्त आयोजनामा ‘केई एक्सचेन्ज कार्भिनल २०८२’ हुने भएको छ। बैशाख २६ गतेदेखि २८ गतेसम्म थापाथलीस्थित केई सोरुम नजिक (हुन्डाई सोरुमको अठिक अगाडिको ठीक अगाडि) हुने यो कर्णिवलमा केई ब्रान्डका विभिन्न इलेक्ट्रिक सवारी साधनहरूमा विशेष अफरहरू प्रदान गरिनेछन्।

    पुराना गाडी साटेर नयाँ इभि किन्न सकिने व्यवस्था, जुनसुकै ब्रान्डको गाडी ल्याए पनि केईले नाफायोग्य मुल्याङ्कन गरी सोही आधारमा कार एक्सचेञ्ज गर्न सकिनेछ।

    एक्सचेञ्ज गर्दा तुरुन्तै मूल्याङ्कन सेवा, आकर्षक नगद छुट र दुई जनाका लागि क्यूएफएक्स सिनेमाको निःशुल्क टिकट प्राप्त हुने व्यवस्था गरिएको छ ।

    साथै, विशेष मोडेलहरूमा बिमा र सडक कर कम्पनीले व्यहोर्नेछ। ई–क्वाइट गाडी बुक गर्दा बुस जेट कार वासर र एक्सथ्री प्रो इभिमा बोस वासिङ मेसिन  उपहारस्वरूप दिइनेछ।

    कार्यक्रममा परिवारका लागि मनोरञ्जन, खेलकुद र संगीतसहित रमाइलो माहोल रहनेछ। केईका तर्फबाट EQute 02, EQute 04 र X3 Pro EV जस्ता विभिन्न विद्युतीय गाडीहरू प्रदर्शनीमा राखिने छन्। 

    कम्पनीले सस्तो, सफा र सुरक्षित इमोबिलिटी प्रवर्द्धन गर्दै ग्राहकहरूलाई नयाँ गाडीमा रूपान्तरण गर्न उत्प्रेरित गरिरहेको छ।

    केई नेपालले सम्पूर्ण इभि पारखी, कार प्रयोगकर्ता र परिवारहरूलाई यो उत्सवमा सहभागी भई वातावरणमैत्री र प्रविधिमैत्री सवारी साधन अपनाउन आग्रह गरेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij