आइतवार, कार्तिक २ गते २०८३    

आइतवार, कार्तिक २ गते २०८३    

यामाहाद्वारा काठमाडौं उपत्यकाभरि उत्साहजनक एक्सचेन्ज अफरको घोषणा

यामाहाद्वारा काठमाडौं उपत्यकाभरि उत्साहजनक एक्सचेन्ज अफरको घोषणा

सजिलो पाना
आइतवार, बैशाख १४ २०८२
सजिलो पाना
आइतवार, बैशाख १४ २०८२
  • काठमाडौं । यामाहा नेपालले काठमाडौं उपत्यकाका दुई-पांग्रे सवारी साधन पारखीका लागि नयाँ र रोमाञ्चक एक्सचेन्ज अफर ल्याएको छ।

    यो अफर २०८२ बैशाख १४ गतेदेखि १९ गतेसम्म उपत्यकाभरिका सबै आधिकारिक शोरूमहरूमा लागु हुनेछ। यामाहा ब्लु फेस्टको भव्य सफलतापछि कम्पनीले फेरि एकपटक ग्राहकहरूलाई एक्सचेन्ज र उत्सवको अवसर प्रदान गरेको हो।

    यो सीमित अवधिको अफरमा ग्राहकहरूले निम्न फाइदाहरू लिन सक्नुहुन्छ:

    • जुनसुकै ब्राण्डको पुरानो सवारी साधनमा न्यूनतम रु. २५,००० को भ्यालुएसन (कर चुक्ताको प्रमाणपत्र
      अनिवार्य)।
    • एक्सचेन्ज भ्यालु अझ बढाउन थप रु. १०,००० को अतिरिक्त भ्यालुएसन।
    •  धरौटी बिना नै सजिलो फाइनान्सिङ सुविधा।
    •  यामाहा लिन अहिलेसम्मकै सहज बनाउन केवल ७.९९% व्याजदरमा सस्तो किस्ताबन्दी सुविधा।
    • Thrill of 3 अफर अन्तर्गत रु. १ लाखसम्मको स्योर शट छुट।

    उपहारमा हेल्मेट, लेग गार्ड, फुट म्याट, स्पोर्ट्स ब्याग र बाइक कभर जस्ता निःशुल्क एसेसरिजहरू। यामाहाका भर्साटायल र डाइनामिक मोडलहरूले हरेक प्रकारका चालकहरूको लागि उपयुक्त रोजाइ सुनिश्चित गर्दछ।

    हाइ-माइलेज र स्मार्ट पर्फर्मेन्सका लागि डिजाइन गरिएको RayZR 125FI Hybrid देखि लिएर रेसिङ पारखीहरूबीच लोकप्रिय बनेको स्पोर्टी र आक्रामक R15 सम्म, यामाहाको मोडलहरू फरक फरक आवश्यकता अनुसार उपलब्ध छन्।

    बलियो स्ट्रीट फाइटर लुक्स चाहनेहरूका लागि शक्तिशाली MT-15 V2 उपयुक्त विकल्प हुन सक्छ भने, १५५ सिसी इन्जिन र लिक्विड कुलिङ प्रविधिसहितको Aerox 155 ले बिल्कुलै नयाँ खालको स्पोर्टी स्कूटरको अनुभव दिन्छ।

    अफ- रोड साहसिक यात्राका लागि अत्यन्तै कडा र भरपर्दो बनावटको WR 155R तयार छ। त्यस्तै, दैनिक सवारीका लागि स्टाइल, पर्फर्मेन्स र लक्जरीको उत्कृष्ट संयोजन चाहनेहरूका लागि FZ-S V3 आदर्श विकल्प हो, जसमा यामाहाको विश्वासिलो ब्लु कोर प्रविधि र मस्कुलर स्ट्रीट डिजाइन समावेश गरिएको छ।

    नेपालमा एमएडब्लु राइड्स अन्तर्गत सञ्चालन भइरहेको यामाहा, अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र उत्कृष्ट ग्राहक सेवाका लागि अत्यन्तै विश्वासिलो ब्रान्ड हो। यामाहा सधैं नयाँ प्रविधि र उत्कृष्ट सेवा प्रदान गर्दै नेपालभर उत्कृष्ट सवारी अनुभव प्रदान गर्न प्रतिबद्ध छ।

    आफ्नै नजिकको आधिकारिक यामाहा शोरूममा आजै जानुहोस् र यो भव्य एक्सचेन्ज अफरको फाइदा लिनुहोस्!

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij