आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

यस्तो छ आजको राशिफल

यस्तो छ आजको राशिफल

सजिलो पाना
मंगलवार, बैशाख २ २०८२
सजिलो पाना
मंगलवार, बैशाख २ २०८२
  • काठमाडौं । आज २०८२ साल वैशाख २ गते मंगलबार। वैशाख कृष्ण पक्षको तृतिया तिथि। तदनुसार सन् २०२५ अप्रिल १५ तारिख। 

    मेष : आफन्तहरूसँग रमाइलो समय बित्नेछ। प्रेम र वैवाहिक सम्बन्धमा सुधार आउनेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। सामाजिक कार्यक्रमहरूमा सम्मिलित भइएला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    वृष : दिन राम्रो छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। राजनीतिमा सक्रिय भए सरकारका प्रमुख निकायमा नियुक्तिको सम्भावना छ। शिक्षामा गरेको लगानीबाट प्रगति हुनेछ।

    मिथुन : दिन राम्रो छ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। एकल भन्दा सामूहिक लगानी र निर्णयबाट फाइदा हुनेछ। व्यापारमा नाफा आर्जन गर्ने योग छ।

    कर्कट : आजका लागि तपाईंको दिन राम्रो छ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्नेछ। राजनीतिक क्षेत्रमा भन्दा व्यापारमा फाइदा हुनेछ। परिवारसँगको व्यवहार सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    सिंह : परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ। सहकर्मीको साथ मिल्नेछ। मिहिनेतका साथ गरेको काम सफल बन्ने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथीको साथ मिल्नेछ।

    कन्या : आज धनलक्ष्मी योग परेको छ। सञ्चित धनको सदुपयोग गर्नुपर्ने दिन छ। एकल भन्दा समूहिक लगानीबाट नाफा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। कृषि क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

    तुला : विरोधी समूह सक्रिय भए पनि मिहिनेतको फल प्राप्त हुनेछ। अवरोध देखिए पनि कामलाई निरन्तरता दिएमा सफलता मिल्नेछ। लामो मिहिनेतपछि प्राप्त उपलब्धिले ठुलो खुशी मिल्नेछ।

    वृश्चिक : दिन राम्रो छ। श्रम गरेको क्षेत्रबाट पारिश्रमिक प्राप्त हुनेछ। श्रमको मूल्यांकन उचित हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथीको साथमा काम बन्ने योग छ।

    धनु : दिन राम्रो छ। हरेक काममा निरन्तर प्रयासको खाँचो देखिन्छ। समस्या देखिए पनि कामलाई निरन्तरता दिनु उचित हुन्छ। सम्पत्तिको पछाडि लाग्नु भन्दा इज्जतको विषयमा गम्भीर बन्नुपर्ने दिन छ।

    मकर : आजका लागि तपाईंको दिन सामान्य छ। हरेक काममा मिहिनेत गर्नुपर्ने देखिन्छ। श्रमको मूल्य प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा खुशी मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

    कुम्भ : धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्ने छ। बिहान उठेर शिवको भजन मात्र सुन्न सकेमा व्यापारमा नाफा हुनेछ। राजनीतिक क्षेत्रमा सामान्य उपलब्धि प्राप्त हुनेछ।

    मीन : कार्यक्षेत्रमा आएका बाधाहरूलाई पन्छाउँदै लगनशीलताले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। यात्रा गर्दा सावधान रहनुहोला। अनावश्यक किनमेलमा वृद्धि हुनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक २ रहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij