आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

इजरायली सेनाले गर्यो गाजाको अस्पतालमा आक्रमण

इजरायली सेनाले गर्यो गाजाको अस्पतालमा आक्रमण

सजिलो पाना
आइतवार, चैत्र ३१ २०८१
सजिलो पाना
आइतवार, चैत्र ३१ २०८१
  • गाजा। आइतबार भएको इजरायली आक्रमणमा गाजाको एक प्रमुख स्वास्थ्य केन्द्रको सघन उपचार तथा शल्यक्रिया विभाग ध्वस्त भएको गाजामा कार्यरत नागरिक सुरक्षा निकायले दाबी गरेको छ ।

    क्षेप्यास्त्र प्रहारपछि गाजास्थित अल अहली ब्याप्टिस्ट अस्पतालबाट भीषण आगो र धुवाँको मुस्लो उडिरहेको भिडियो अनलाइनमा सार्वजनिक भएको छ । 

    भिडियोमा केही बिरामीसहित धेरै मानिस घटनास्थलबाट भागिरहेको देखिन्छ । हमासले उक्त आक्रमणलाई ‘भयानक अपराध’ भनेको छ ।

    एक स्थानीय पत्रकारका अनुसार इजरायली डिफेन्स फोर्सेज (आइडीएफ) ले एक चिकित्सकलाई बोलाएर अस्पताल खाली गर्न चेतावनी दिएको थियो ।

    नागरिक आपत्कालीन सेवाका अनुसार आक्रमणमा कुनै मानवीय क्षति भएको छैन ।

    अस्पतालमा कार्यरत एक स्थानीय पत्रकारका अनुसार इजरायली सेनाका एक अधिकारीले आकस्मिक विभागका एक चिकित्सकलाई बोलाई अस्पताललाई तत्काल खाली गर्न भनेका थिए । 

    इजरायली रक्षामन्त्री इजरायल काट्जले आफ्नो सेनाले चाँडै नै गाजाको अधिकांश भागमा आक्रमण बढाउने घोषणा गरेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij