काठमाडौं । निः सन्तान नहुनु भनेको धेरै कुरा नहुनु हो, लगभग लगभग जिवन आधा अधुरो नै हुनु हो ।
सोहि अभावलाई परिपुर्ति गर्ने हिसाबले स्थापना भएको वात्सल्य नेचुरल आइभीएफले पछिल्लो समय धेरै निसन्तान दम्पतीहरुको काँखलाइ पूर्ण गरि दिएको छ ।
यस संस्था काठमाडौं मात्र केन्द्रित नभई नेपालगंज, भक्तपुर, पोखरा, भरतपुर, ललितपुर र बुटवल गरि नेपालका विभिन्न ठाउँहरुबाट ग्रहाकहरुलाई प्रत्यक्ष रुपमा सेवा दिँदै आइरहेको छ ।
प्रजनन विशेषज्ञ तथा अनुभवि डाक्टरहरुद्वारा उचित परामर्श र स्वास्थ्य सेवा दिइदैं आएको वात्सल्यले प्रत्येक व्यक्तिको आवश्यकता अनुरूप व्यक्तिगत प्रजनन समस्याहरुको समाधान गर्न १५ वर्षभन्दा बढीको विश्वव्यापी अनुभवलाई अत्याधुनिक प्रविधिसँग जोड्दै आएको छ।
वात्सल्य नेचुरलले आईभीएफ र आईयूआईको माध्यमबाट सन्तान प्राप्तिको सेवा दिँदै आएको छ ।
विश्वव्यापी रुपमा आईभीएफको औसत सफलता ३० देखि ६० प्रतिशतको आसपास रहेको तथ्याङ्कहरू पाइएपनि वात्सल्य नेचुरल आईभीएफको औसत सफलता भने झन्डै ७०.८८ प्रतिशत रहेको संस्थाले जानकारि दिएको छ ।
प्राकृतिक किसिमले सन्तान प्राप्त नभएमा एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (एआरटी) को मध्यमबाट सन्तान प्राप्त गर्न सकिने र वात्सल्यले सोहि सेवा दिइरहेको छ ।
एआरटी टेक्नोलोजीलाई सरल भाषामा बुझ्दा प्रविधिको मध्यमबाट सन्तानप्राप्तिको बाटो सरल बनाउनु हो भनेर बुझ्न सकिन्छ । यस अन्तर्गत आईयूआई र आईभीएफ प्रविधि अपनाउन सकिन्छ । आईयूआई अन्तर्गत महिलामा कुनै गडबडी नभएमा पुरुषको शुक्रकिटलाई वाश गरेर महिलाको गर्भनलीमा हालिन्छ र त्यो विस्तारै विकसित हुँदै जान्छ ।
त्यस्तै आईभीएफमा पुरुष र महिलाबाट निकालिएको शुक्रकिट र डिम्बलाई राम्ररी छनोट र विकास गरी बाह्यरुपमा निषेचन गरिन्छ र त्यसलाई महिलाको पाठेघरमा स्थानान्तरण गरिन्छ । यसले गर्दा गर्भनली बन्द भएको वा कुनै प्रजनन् अङ्गमा समस्या भएको महिलाले पनि सन्तान पाउन सक्छन् ।
वात्सल्य नेचुरल आइभीएफ परिवार, एक पटकमा एक परिवारको अभिभावकत्वको सपनालाई वास्तविकतामा परिणत गर्ने कुरामा पुर्ण विश्वास गर्दछ ।




