आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

ट्रम्पले हटाए मोबाइल, कम्प्युटर र इलेक्ट्रोनिक सामानको शुल्क

ट्रम्पले हटाए मोबाइल, कम्प्युटर र इलेक्ट्रोनिक सामानको शुल्क

सजिलो पाना
आइतवार, चैत्र ३१ २०८१
सजिलो पाना
आइतवार, चैत्र ३१ २०८१
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्मार्ट फोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक वस्तुहरुमा शुल्क हटाएका छन् ।

    अमेरिका आयात हुने वस्तुहरुमा शताब्दीकै सबैभन्दा बढी शुल्क लगाउने निर्णय गरेको केही दिनमै ट्रम्पको यो घोषणा सार्वजनिक भएको हो ।

    अमेरिकाको कस्टम एण्ड बोर्डर पेट्रोल (सीबीपी) ले सूचना जारी गरी शुल्क छुट चीनबाट अमेरिका आयात हुने स्माटफोन र तिनका पार्टपूर्जासहितका इलेक्ट्रोनिक सामानमा समेत हुने जनाएको छ ।

    यसअघि ट्रम्पले चीनबाट आयात हुने वस्तुमा १४५ प्रतिशत शुल्क लगाउने घोषणा गरेका थिए । साथै यसबाट व्यापार युद्ध हुने आशंका पनि गरिएको थियो ।

    तर ट्रम्पको पछिल्लो निर्णयसँगै सूचनामा सेमीकण्डक्टर, सोलार ब्याट्री, टिभी डिस्प्ले, फ्ल्यास ड्राइभ (पेन ड्राइभ), मेमोरी कार्ड लगायतमा शुल्क छुट दिइएको बीबीसीले जनाएको छ । यस्ता अधिकांश इलेक्ट्रोनिक उपकरणहरु चीनमा बन्ने गर्दछन् र ती अमेरिकामा पनि आयात हुने गर्दछन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij