इजिप्टका फरवार्ड मोहम्मद सलाहले लिभरपुलसँग नयाँ दुई वर्षको सम्झौता गरेका छन्। उनको अघिल्लो सम्झौता यो सिजनको अन्त्य सम्म थियो।
३२ वर्षीय सलाह सिजनको क्रममा दिएका बयान र साउदी अरेबियातर्फ जाने अड्कलबाजीका कारण उनी लिभरपुलमै रहने वा नरहनेमा शंका थियो।
त्यो शंकाको अन्त्य भएको छ। सलाहले लिभरपुलका लागि ३ सय ९३ खेलमा २ सय ४३ गोल र १ सय ९ असिस्टमा गरेका छन् ।
‘अवश्य पनि म धेरै उत्साहित छु । अहिले हाम्रो टोली निकै राम्रो छ,’ सालाहले भने,’ अघिल्लो टोली पनि राम्रो थियो। मलाई लाग्छ हामीसँग थप उपाधि जित्ने मौका छ र म आफ्नो फुटबलको मजा लिन सक्छु। त्यसैले सम्झौता थपेको हुँ।’
उनले थपे,’मैले यहाँ आठ वर्ष खेलिसकेको छु । आशा छ यो १० वर्ष हुनेछ। म यहाँको जीवन रमाइलो गरिरहेको छु। फुटबल पनि रमाइलो भइरहेको छ। मेरो करियरका उत्कृष्ट वर्ष यहीँ बितेका छन्।’ एजेन्सी




