सोमवार, कार्तिक ३ गते २०८३    

सोमवार, कार्तिक ३ गते २०८३    

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

सजिलो पाना
बिहिवार, आश्विन २२ २०८३
सजिलो पाना
बिहिवार, आश्विन २२ २०८३
  • काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । 
    नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक सेयरधनीहरूले आफ्नो नाममा कायम रहेको सेयर बिक्रीका लागि बैंकमा निवेदन दिएपछि बिक्री प्रक्रिया अघि बढाइएको बैंकले जनाएको हो ।

     

    बैंकका अनुसार संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने व्यवस्था छ । 

    सोहीअनुसार उनीहरूका लागि सेयर खरिदको अवसर दिइए पनि तोकिएको अवधिभित्र कुनै आवेदन नपरेपछि अब संस्थापक समूहबाहेकका इच्छुक लगानीकर्ताले समेत आवेदन दिन सक्नेछन् ।

    बैंकले उक्त संस्थापक सेयरको बिक्री मूल्य विक्रेताले तोकेबमोजिम हुने जनाएको छ । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । 

    आवेदन कुमारी बैंकको सेयर रजिस्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्साल, नागपोखरी वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौँ–२ मा दिन सकिनेछ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij