आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नेपाल बैंकका ग्राहकलाई भक्तपुर इन्टरनेस्नल हस्पिटलमा विशेष छुट

नेपाल बैंकका ग्राहकलाई भक्तपुर इन्टरनेस्नल हस्पिटलमा विशेष छुट

सजिलो पाना
शुक्रवार, चैत्र २९ २०८१
सजिलो पाना
शुक्रवार, चैत्र २९ २०८१
  • काठमाडौं । नेपाल बैंकका ग्राहक तथा कर्मचारीलाई भक्तपुरको कौशलटारमा अवस्थित भक्तपुर इन्टरनेशनल हस्पिटलले छुट दिने भएको छ । बैंक र हस्पिटलबीच उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी समझदारी गरिएको छ ।

    सो सम्झौता बमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीलाई र बैंकमा खाता रहेका ग्राहकलाई अस्पतालको विविध सेवामा लाग्ने शुल्कमा बिल रकमको ५ प्रतिशत देखि २० प्रतिशतसम्म छुट हुने व्यवस्था रहेको छ ।

    सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख विश्वराज भण्डारी र भक्तपुर इन्टरनेस्नल हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामजीकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    यसबाट नेपाल बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकले अस्पतालबाट प्रदान गरिने OPD, Gyno & fertility, Diagnostic and Nutrition & Medical facility along with Endoscopy, Colonoscopy, ECG, EEG, Pulmonary Function Test, FNAC/Biopsy, X-ray, Ultrasound, Doppler, Liver Health, Heart Health, Kidney health, Brain or Neuro Health and Urology, General Physical Checkup, ECHO, Nuclear Cardiology Test, Dental, Minor & Major Operation जस्ता स्वास्थ्य सेवा लिन सक्नेछन् ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij