आइतवार, कार्तिक २ गते २०८३    

आइतवार, कार्तिक २ गते २०८३    

आजदेखी ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

आजदेखी ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

सजिलो पाना
शुक्रवार, आश्विन २ २०८३
सजिलो पाना
शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि साविककै आकार र रङ कायम राख्दै नयाँ विशेषतासहितको ५० रुपैयाँ दरको बैंकनोट चलनचल्तीमा ल्याएको छ। मुद्रा व्यवस्थापन विभागका अनुसार संकेत नम्बर 'ट २४ ०००००१' देखि 'ण ७० ९९९९९९' सम्मका नयाँ नोट बजारमा पठाइएको हो।

    नयाँ नोटको अगाडि सगरमाथाको चित्र, लालीगुराँस र '५०' अंकित पानीछाप, प्रकाशमा देखिने १.२ मिमीको 'NRB' लेखिएको सुरक्षण धागो तथा गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत र वि.सं. २०८२ उल्लेख छ।

    नोटको पछाडिपट्टि हिउँ चितुवाको चित्रसँगै 'RUPEES FIFTY' र '2025 A.D.' राखिएको छ। यसअघि २०७७ सालमा ल्याइएको सोही दरको नोट निर्धारित पूरा सिरिज जारी नभई 'ट २३ ९०००००' सम्म मात्र वितरण भएको राष्ट्र बैंकले जनाएको छ।

    nrb-notice_Zs7ry9y2hG.webp

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij