सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

कुमारी बैंकको मोबाइल एपबाटै करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुन सकिने

कुमारी बैंकको मोबाइल एपबाटै करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुन सकिने

सजिलो पाना
सोमवार, भाद्र १ २०८३
सजिलो पाना
सोमवार, भाद्र १ २०८३
  • काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग गर्ने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा आईआरडी प्रोत्साहन सुविधा ल्याएको छ ।

    यसअन्तर्गत कुमारी बैंकका ग्राहकले व्यक्तिगत प्रयोजनका लागि रु. १०० भन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्दा स्वतः पुरस्कार योजनामा सहभागी हुन सक्नेछन् ।

    कार्यक्रमअन्तर्गत दैनिक भाग्यचिठ्ठाबाट एक जनाले कर कट्टीपछि रु. १ लाख र प्रत्येक १५ दिनमा एक जनाले रु. १० लाख बराबरको बम्पर पुरस्कार प्राप्त गर्ने व्यवस्था छ । ग्राहकले कुमारी स्मार्ट मोबाइल बैंकिङ एपको आईआरडी प्रोत्साहन कार्यक्रममार्फत आफ्नो योग्य कारोबार तथा पुरस्कारसम्बन्धी विवरण हेर्न सक्ने बैंकले जनाएको छ ।

    बैंकले व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्न, प्यान तथा मूल्य अभिवृद्धि करको बिल लिन र बिल सुरक्षित राख्न ग्राहकलाई आग्रह गरेको छ ।

    कुमारी बैंकले यस कार्यक्रमले डिजिटल भुक्तानी, कर अनुपालन, नगदरहित कारोबार र वित्तीय पारदर्शिता बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तार काउण्टर, ३०२ एटिएम र ४० शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij