काठमाडौं। साताको कारोबारको दोश्रो दिन सोमवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १६०० रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला तीन लाख नौ हजार दुईसय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १६०० रुपैयाँले बढेर तीन लाख छ हजार आठसय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ६० रुपैयाँले बढेर प्रतितोला ४७७० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।




