काठमाडौं। साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। आज नेप्से ०.५५ अंकले बढेर २६४२.४० अंकमा बन्द भएको हो।
यसदिन ३४८ वटा सूचीकृत कम्पनीका ८७ लाख १ हजार ९४४ कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।




