आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर

सजिलो पाना
आइतवार, श्रावण २४ २०८३
सजिलो पाना
आइतवार, श्रावण २४ २०८३
  • काठमाडौं । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिएका छन् ।

    ६५ वर्षीय सिंह शुक्रबारदेखि हराएका थिए ।

    उनले प्रयोग गर्दै आएको मोटरसाइकल शनिबार भेटिए पनि उनको अवस्था भने अज्ञात थियो । प्रहरीसहितको टोलीले खोजी गर्ने क्रममा आज उनको शव फेला पारेको हो ।

    सिंह शुक्रबार दिउँसो कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए । त्यसको केही समयपछि उनले आफू निकटका केही व्यक्तिलाई जंगलमा बाटो बिराएको भनेर फोन गरेका थिए । त्यसपछि आफन्तसहितको टोलीले उनको खोजी सुरु गरेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij