आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

महिन्द्राको नयाँ इलेक्ट्रीक एसयूभी नेपाल आउने, नाइमामा हेर्न पाइने

महिन्द्राको नयाँ इलेक्ट्रीक एसयूभी नेपाल आउने, नाइमामा हेर्न पाइने

सजिलो पाना
आइतवार, श्रावण १७ २०८३
सजिलो पाना
आइतवार, श्रावण १७ २०८३
  • काठमाडौं । महिन्द्राले आफ्नो नयाँ विद्युतीय एसयूभी ‘एक्सईभी-९एस’ नेपाल ल्याउने भएको छ । कम्पनीले आगामी भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा नेपाल मोविलिटी एक्स्पो २०२६ मा एक्सईभी-९एस मोडल सार्वजनिक गर्ने तयारी गरेको हो ।

    महिन्द्राको आधिकारीक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले बिक्री सुरु गर्न लागेको अत्याधुनिक एसयूभी ‘इनग्लो प्लेटफर्म’मा बनेको हो । यही प्लेटफर्ममा यसअघि बजारमा एक्सईभी-९ई र बीई-६ आएका थिए ।

    नयाँ एसयूभी एक्सईभी-९ एस मोडल निकै परम्परागत एसयूभी शैलीमा तयार गरिएको छ । जसले उपभोक्तालाई आकर्षित गर्ने अनुमान गर्न सकिन्छ ।

    एक्सईभी-९एसको फ्रन्टमा आकर्षक एलईडी लाइटबार, क्लोजअफ ग्रिल, र मस्कुलर बम्पर डिजाइन दिइएको छ । एक्सइभी-९ईको कुपे शैलीको ढल्किएको छाना हटाएर यसमा बाक्स सेपको परम्परागत एसयूभी रूफलाइन प्रयोग गरिएको छ ।

    नयाँ एक्सईभी-९एसमा २७६२ एमएम लामो ह्वीलबेस छ । यसमा १८ इन्चको अलोय ह्वील पाउन सकिन्छ । महिन्द्राले यो एसयूभीलाई आकर्षक लुक दिनुभन्दा आरामदायी यात्रालाई प्राथमिकतामा राखेको देखिन्छ ।

    क्याबिनमा पनि अत्याधुनिक प्रविधि र सुविधाको भरमार प्रयोग गरिएको छ । ड्यासबोर्डमा ट्रिपल स्क्रिन सेटअप पाउन सकिन्छ । प्यानोरामिक सनरुफ, वायरलेस फोन चार्जर, ३६० डिग्री क्यामेरा र डुअल जोन क्लाइमेट कन्ट्रोलले सु-सज्जित छ ।

    महिन्द्राले यसमा १६ स्पिकरयुक्त हार्मन अडियो सिस्टम, डल्बी एट्मस, हेडअप डिस्प्ले, एडास २.०, मेमोरी ड्राइभर सिट र एयर प्युरिफायर जस्ता फिचर दिएको छ ।

    ७ सिट क्षमताको यो एसयूभीको दोस्रो पंक्तिका सिटमा पनि भेन्टिलेटेड सिट, स्लाइड तथा रिक्लाइन सुविधा, सन ब्लाइन्ड, ट्रे टेबल, वायरलेस चार्जर र इन्टरटेनमेन्ट स्क्रिन पाउन सकिन्छ । तेस्रो पंक्तिका सिट भने बालबालिका वा छोटो दूरीका यात्राका लागि दिइएको हो ।

    एक्सईभी-९एसमा ५९ किलोवाट आवर, ७० किलोवाट आवर र ७९ किलोवाट आवर गरी तीनवटा ब्याट्री विकल्प भारतीय बजारमा उपलब्ध छन् । नेपालमा कुन ब्याट्रीमा आउँछ भन्ने एकिन जानकारी बाहिर आएको छैन ।

    रियर ह्‌वील ड्राइभ सिस्टम रहेको एसयूभीको ७९ किलोवाट आवर ब्याट्रीसँग २८१ बीएचपी शक्ति र ३८० एनएम टर्क उत्पादन गर्ने इलेक्ट्रीक मोटर दिइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij