आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नेपाल आइपुग्यो नयाँ पन्च ईभी, केही दिनमै बिक्री सुरू हुने

नेपाल आइपुग्यो नयाँ पन्च ईभी, केही दिनमै बिक्री सुरू हुने

सजिलो पाना
बुधवार, श्रावण १३ २०८३
सजिलो पाना
बुधवार, श्रावण १३ २०८३
  • काठमाडौं । टाटा मोटर्सको लोकप्रिय विद्युतीय एसयूभी पन्च ईभीको फेसलिफ्ट संस्करण नेपाल आइपुगेको छ । टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ पन्च ईभी नेपाल ल्याएको हो ।

    टाटा मोटर्सले पन्च ईभीको फेसलिफ्‌ट मोडललाई नयाँ डिजाइन, ठूलो ब्याट्री र थप फिचरसहित बजारमा उतारेको हो । यसको अगाडिको डिजाइन, पछाडिको लाइट, ड्यासबोर्ड लगायतका कुरामा परिमार्जन भएको छ ।

    कम्पनीका अनुसार पन्च ईभीको फेसलिफ्टमा मुख्य परिवर्तन बाहिरी डिजाइनमा देख्न सकिन्छ । अगाडिको भागमा परिमार्जित बम्पर प्रयोग गरिएकोा छ । क्लोजअफ ग्रिल डिजाइनले निरन्तरता पाएको छ ।

    हेडलाइटलाई जोड्ने अघिल्लो कालो ट्रिम हटाइएको छ । वाई आकारका एलईडी डीआरएल र अगाडिको भागको बीचमा राखिएको चार्जिङ फ्ल्यापलाई भने यथावत् राखिएको छ । पछाडि वारपार कनेक्टेड लाइटको प्रयोग पाउन सकिन्छ ।

    बढ्यो ब्याट्री साइज

    नयाँ पन्च ईभीमा अघिल्लो मोडलको तुलनामा ठूलो ब्याट्री प्याक प्रयोग गरिएको छ । फेसलिफ्ट संस्करण ३० किलोवाट आवर र ४० किलोवाट आवर गरी दुई ब्याट्री विकल्पमा पाउन सकिन्छ ।

    यसअघि पन्च ईभीमा २५ किलोवाट आवर र ३५ किलोवाट आवरको दुई ब्याट्री अप्सन थियो । दुवै भेरियन्टमा ५ किलोवाट आवर ब्याट्री बढेको हो । फेसलिफ्‌ट पन्चमा डीसी चार्जरको क्षमता पनि बढेको छ । नयाँ मोडलमा ६५ किलोवाट क्षमताको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ ।

    भारतमा पन्च ईभीको ३० किलोवाट आवर ब्याट्री भएको मोडल स्मार्ट र स्मार्ट प्लस गरी दुई भेरियन्टमा उपलब्ध छ । ४० किलोवाट आवर ब्याट्री भएको संस्करण भने स्मार्ट प्लस, एड्भेन्चर, इम्पावर्ड र इम्पावर्ड प्लस एस गरी चार भेरियन्टमा उपलब्ध छ । नेपाल कुन कुन भेरियन्ट आउँछ भन्ने एकिन जानकारी सिप्रदी उपलब्ध गराइसकेको छैन ।

    डिजाइन र इन्टेरियरमा पनि अपडेट

    नयाँ पन्च ईभीमा टाटाका ठूला विद्युतीय एसयूभीबाट प्रेरित १६ इन्चको एरो अप्टिमाइज्ड अलोय ह्वील प्रयोग गरिएको छ ।

    इन्टेरियरमा ड्यासबोर्ड डिजाइनलाई निरन्तरता दिइए पनि नयाँ ट्रिम फिनिस र अपडेटेड डुअल टोन कलर थिम थप भएको छ । यसमा १०.२५ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन र १०.२५ इन्चकै डिजिटल ड्राइभर डिस्प्ले दिइएको छ ।

    भेरियन्ट अनुसार वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइट, कनेक्टेड कार प्रविधि र ३६० डिग्री क्यामेरा जस्ता फिचर उपलब्ध छन् ।

    सुरक्षातर्फ ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), हिल होल्ड असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, आईएसओफिक्स चाइल्ड सिट माउण्ट र हाइ बिम असिस्ट लगायतका फिचर छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij