आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

प्रभु बैंकको ४२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

प्रभु बैंकको ४२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सजिलो पाना
बुधवार, श्रावण १३ २०८३
सजिलो पाना
बुधवार, श्रावण १३ २०८३
  • काठमाडौं । प्रभु बैंक लिमिटेडले ४१ हजार ९०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न तीन जना संस्थापक शेयरधनीहरूको नाममा रहेको उक्त शेयर बिक्रीमा राखेको हो ।

    बैंकले यसअघि नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी ३५ दिनका लागि बिक्रीमा राखेको थियो । तर उक्त अवधिसम्म कुनै संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि अब भने सर्वसाधारणका लागि खुलाइएको हो ।

    उक्त शेयर किन्न चाहने सर्वसाधारणले नेपाल राष्ट्र बैंकले तोके बमोजिमको मापदण्ड पूरा हुने आवश्यक कागजात सहित आगामी १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij