काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ प्रतितोला एक हजार चार सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ ।
आइतबार सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा चार हजार चार सय १० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार चार सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो ।




