आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सिटिजन्स बैंक र नियो भर्सबीच छुट सम्बन्धी सम्झौता

सिटिजन्स बैंक र नियो भर्सबीच छुट सम्बन्धी सम्झौता

सजिलो पाना
शुक्रवार, श्रावण ८ २०८३
सजिलो पाना
शुक्रवार, श्रावण ८ २०८३
  • काठमाडौं । सिटिजन्स बैंक र झम्सीखेलस्थित नियो भर्स (नेओटेरिक नेपाल)बीच छुट सम्बन्धी सम्झौता भएको छ । समझदारीपत्र अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले नियो भर्सका विभिन्न इलेक्ट्रोनिक सामानमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

    यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ जान प्रोत्साहन मिल्ने बैंकको भनाइ छ ।

    डिजिटल बैंकिङ प्रयोगलाई बढाउन तथा ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा बैंकले ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा राखिएको छ ।

    ‘विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।

    हालसालै बैंकले नवयुवा लक्षित बचत खाता सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट र डीजी बैंक सेवा नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।

    फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष फ्रिलान्सर सेभिङ्ज अकाउन्ट नामक नयाँ बचत खाता सुरु गरेको छ । बैंकका देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटीएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ इकाइ सञ्चालनमा छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij