आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

शक्तिशाली विद्युतीय पिकअप म्याक्सस ई–टेरेन ९ कम्फर्ट सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष अफर

शक्तिशाली विद्युतीय पिकअप म्याक्सस ई–टेरेन ९ कम्फर्ट सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष अफर

सजिलो पाना
बिहिवार, श्रावण ७ २०८३
सजिलो पाना
बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौं । हिमालय मोटर्स प्रालिले नेपालमा नयाँ विद्युतीय फोर–ह्विल ड्राइभ पिकअप म्याक्सस ई–टेरेन ९ कम्फर्ट सार्वजनिक गरेको छ। बिहिवार सार्वजनिक भएको पिकअप म्याक्सस ई–टेरेन ९ कम्फर्ट पहिलो ५० जना ग्राहकका लागि यसको विशेष मूल्य ८८ लाख रुपैयाँ तोकेको कम्पनीले जनाएको छ।

    १०२.२ किलोवाट–घण्टा क्षमताको ब्याट्री रहेको यो पिकअपले एकपटक पूर्ण चार्जमा एनईडीसी मापदण्डअनुसार ५६० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ। १५५ किलोवाट डीसी फास्ट चार्जिङ सुविधामार्फत करिब ४२ मिनेटमै २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

    गाडीमा अगाडि १२५ किलोवाट र पछाडि २०० किलोवाट क्षमताका दुई विद्युतीय मोटर जडान गरिएको छ, जसले ७०० न्युटन–मिटर टर्क उत्पादन गर्छ। यसले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ५.८ सेकेन्डमा लिन सक्छ।

    उच्च ग्राउन्ड क्लियरेन्स, अल–टेरेन प्रणाली, एप्पल कारप्ले, एन्ड्रोइड अटो, भेहिकल–टु–लोड (भी–टु–एल) सुविधा लगायतका आधुनिक प्रविधि समावेश गरिएको यो पिकअपले युरो एनक्याप बाट पाँच–तारे सुरक्षा मूल्याङ्कन समेत प्राप्त गरेको कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार यसमा २६० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ५,५०० मिलिमिटर लम्बाइ, १,९९७ मिलिमिटर चौडाइ र १,८६० मिलिमिटर उचाइ रहेको छ। साथै ६७० लिटर क्षमताको फ्रन्ट ट्रंक (फ्रङ्क) र ३,५०० किलोग्रामसम्म टोइङ क्षमता उपलब्ध रहेको बताइएको छ, जुन आफ्नो वर्गकै उत्कृष्टमध्ये एक भएको कम्पनीको दाबी छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij