आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

३३.५१ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको नाफा

३३.५१ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको नाफा

सजिलो पाना
आइतवार, श्रावण ३ २०८३
सजिलो पाना
आइतवार, श्रावण ३ २०८३
  • काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले समीक्षा अवधिमा ८९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.५१ प्रतिशतले नाफा वृद्धि गरेको छ।

    अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६६ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकका अनुसार व्यवसाय विस्तारसँगै इम्पेयरमेन्ट चार्जमा आएको कमीका कारण नाफामा उल्लेखनीय सुधार आएको हो।

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ३१ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर २ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ।

    त्यसैगरी, कुल सञ्चालन आम्दानी २ अर्ब ७० करोड रुपैयाँबाट वृद्धि भएर २ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। सञ्चालन नाफामा पनि उल्लेखनीय सुधार देखिएको छ। अघिल्लो वर्ष १ अर्ब ४ करोड रुपैयाँ रहेको सञ्चालन नाफा बढेर १ अर्ब ३८ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।

    यद्यपि, बैंकको वित्तीय सूचकहरू सुधारिए पनि निष्क्रिय कर्जा (एनपीएल) भने बढेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म ३.४९ प्रतिशत रहेको खराब कर्जा बढेर गत आर्थिक वर्षको अन्त्यसम्म ३.७७ प्रतिशत पुगेको छ।

    बैंकको व्यवस्थापकीय विश्लेषणअनुसार अर्थतन्त्रमा देखिएको शिथिलताका कारण कर्जा असुलीमा चुनौती थपिएकाले निष्क्रिय कर्जामा सामान्य वृद्धि भएको हो। त्यसका बाबजुद बैंकले व्यवसाय विस्तार, आम्दानी वृद्धि र नाफामा सुधार कायम राख्दै समग्र वित्तीय अवस्था सुदृढ बनाएको जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij