आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

एनएमबि बैङ्कद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

एनएमबि बैङ्कद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

सजिलो पाना
आइतवार, श्रावण ३ २०८३
सजिलो पाना
आइतवार, श्रावण ३ २०८३
  • काठमाडौँ। डिजिटल बैङ्किङ लाई अझ सहज र छिटो बनाउनका लागि एनएमबि बैङ्कले नेपाल सरकारको सूचना प्रविधि विभागसँग सम्झौता गरेको छ।

    यो नयाँ सहकार्यपछि अब एनएमबि बैङ्कका ग्राहकहरूले नागरिक एप मार्फत अनलाइन बैङ्किङ फर्महरू सजिलै भर्न सक्नेछन् । यसले गर्दा आफ्नो व्यक्तिगत विवरणहरू बारम्बार हातले टाइप गरिरहनु पर्ने झन्झट हट्ने, कागजी काम कम हुने र बैङ्कको काम सहज र छिटो हुनेछ।

    ग्राहकहरूको गोप्य जानकारीको सुरक्षामा पूर्ण ध्यान दिँदै, ग्राहकहरू आफैँले आफ्नो नागरिक एपबाट  विवरण हेर्ने अनुमति नदिएसम्म बैङ्कले विवरणहरू हेर्न वा प्रयोग गर्न पाउने छैन।

    साथै, सबै जानकारी जुन कामका लागि मागिएको हो, त्यसमै मात्र प्रयोग हुनेछ। देशको बढ्दो डिजिटल सार्वजनिक पूर्वाधारलाई सूचना प्रविधि विभाग प्रयोग गर्दै नेपालभरिका नागरिकहरूका लागि बैङ्किङ सेवालाई अझ सुरक्षित, सरल र झन्झटमुक्त बनाउने एनएमबि बैङ्कको प्रयासमा यो एउटा ठुलो कदम हो।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij