आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न

महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न

सजिलो पाना
बिहिवार, आषाढ ३२ २०८३
सजिलो पाना
बिहिवार, आषाढ ३२ २०८३
  • काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेचीनगर–०७, झापा जिल्लामा रहेको श्री पृथ्वी माध्यमिक विद्यालय, बरेङ्ग गाउँपालिका वडा न. ०४ बागलुङ्गमा रहको श्री सल्यान सुखौरा माध्यमिक विद्यालय, हेटौंडा मकवानपुरमा रहेको श्री वंशगोपाल आधारभूत विद्यालय, गंैडाकोट–०१, चितवनमा रहेको श्री नवदुर्गा आधारभूत विद्यालयमा अध्ययनरत छात्राहरुलाई सुरक्षित र सहज रुपमा शौचालय सुविधा प्रदान गर्नको लागि आधुनिक शौचालय निर्माण गर्नको लागि विभिन्न रोटरी क्लबहरु मार्फत बैंकले आर्थिक सहयोग गरेको छ ।

    सोही अन्तर्गत बैंकको शाखा कार्यालय, बेलौरी मार्फत श्री कृष्ण आधारभूत विद्यालय, शुक्लाफाँटा नगरपालिका–०१, रामनगर, कञ्चनपुरमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई ८० थान विद्यालय भोला वितरण गरेको छ । विद्यार्थीहरुलाइ अध्यनमा सहजता होस भन्ने उद्धेश्यका साथ २०८३/०३/१२ मा एक कार्यक्रमका विच उक्त विद्यालय भोलाहरु वितरण गरिएको हो ।

    त्यसैगरी जीतपुर सिमरा उपमहानगरपालिका वडा.न. २, सिमरा, बारामा रहेको सिमरा कलेजमा शैक्षिक पक्षको थप विकास र पठनपाठन कार्यलाई थप प्रविधिमैत्री बनाउन सहयोग पुर्‍याउने उद्धेश्यका साथ यस बैंकको शाखा कार्यालय सिमरा मार्फत १ थान ल्यापटप सहयोग गरिएको छ । आर्थिक स्रोतको अभावले गुणस्तरीय शिक्षा प्रदान गर्नबाट कोही वञ्चित हुन नपरोस भन्ने उद्देश्यका साथ उक्त सहयोग गरिएको हो ।

    त्यसै गरी केदारस्यूँ–०४, बागथला, बझाङ्गमा रहेको शिक्षोदय माध्यमिक विद्यालयको किशोरकिशोरी मैत्री सूचना केन्द्रलाई आवश्यक पर्ने विभिन्न सामाग्रीहरु जस्तै थर्मोमिटर, विपि सेट, प्राथमिक उपचार बाकस, स्टेचर लगायतका विभिन्न स्वास्थ्य तथा खेलकुद सामाग्रीहरु खरिद गर्नको लागि यस बैंकको शाखा कार्यालय बझाङ्ग मार्फत आर्थिक सहयोग गरिएको छ ।

    त्यसैगरी नेपालकै ठुलो शक्तिपिठको रुपमा पाल्पा जिल्ला रिब्दिकोट गाउँपालिका वडा न. ०४ मा रहेको श्री भैरवनाथ मन्दिरमा फोहोरको प्रभावकारी रुपमा व्यवस्थापन गर्नको लागि १० थान डस्टविन हस्तान्तरण गरिएको छ । त्यसैगरी श्री राष्ट्रिय माध्यमिक विद्यालय, भीमफेदी–१, सानुटार, मकवानपुरमा आर.ओ सहितको पिउने पानी संरचना निर्माणको लागि बैंकको शाखा कार्यालय हेटौंडा मार्फत आर्थिक सहयोग गरिएको छ ।

    स्वच्छ पानी स्वस्थ जीवनको आधार भन्ने मुल मर्मलाई आधार मान्दै गुणस्तरीय खानेपानी पहुँच विस्तारमा सहयोग पुर्‍याउने उद्धेश्यका साथ आर्थिक सहयोग गरिएको हो । साथै, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नै श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, चपुर–१०, रौतहटलाई सेतो डिजिटल बोर्ड प्रदान गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij