आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

भोलिदेखि राइड सेयरिङ सेवा महँगिने

भोलिदेखि राइड सेयरिङ सेवा महँगिने

सजिलो पाना
बिहिवार, आषाढ ३२ २०८३
सजिलो पाना
बिहिवार, आषाढ ३२ २०८३
  • काठमाडौं । भोलि (नयाँ आर्थिक वर्ष २०८३/८४)देखि राइड सेयरिङ सेवा महँगिने भएको छ । सरकारले आर्थिक ऐन २०८३ मार्फत राइड सेयरिङ सेवामा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएसँगै सेवा महँगिने भएको हो ।

    आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै २०८३ साउन १ गतेदेखि राइड सेयरिङ सेवामा ५ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने जानकारी गराएको हो ।

    यससँगै अब इनड्राइभ, पठाओ, उबर, याङ्गो, टुटल लगायतका राइड सेयरिङ प्लेटफर्म प्रयोग गर्दा हालकोभन्दा धेरै भाडा तिर्नुपर्ने भएको छ । यात्रुले हाल तिर्दै आएको भाडामा थप ५ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्ने भएको हो ।

    राइड सेयरिङ सेवा संचालन गर्ने प्रक्रियागत सहजता, स्पष्टता, पारदर्शिता र अनुमानयोग्य बनाई कर कानूनको परिपालना र कर सहभागिता सुनिश्चित गर्न वाञ्छनीय भएकोले यो सेवामा भ्याट लगाइएको विभागले जनाएको छ ।

    विभागका अनुसार राइड सेयरिङ संचालन गर्ने व्यक्ति भ्याटमा दर्ता भएको हुनुपर्नेछ । प्लेटफर्ममा आबद्ध राइडरले गरेको यात्रु तथा ढुवानी सेवाको बिक्री विवरणका आधारमा प्लेटफर्मले ५ प्रतिशत भ्याट असुल गरी सरकारलाई दाखिला गर्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।

    राइडरले प्रदान गरेको सेवाको कर बिजक राइडरको नामबाट जारी गर्नुपर्ने व्यवस्था मिलाइएको छ । तर, त्यसबाट प्राप्त आय प्लेटफर्मको आय नमानिने विभागले स्पष्ट गरेको छ । साथै, राइडरको तर्फबाट संकलित कर विवरण प्लेटफर्मले प्रत्येक महिनाको कर विवरणसँगै बुझाउनुपर्ने छ ।

    राइडरको नाममा संकलन गरिएको भ्याटलाई प्लेटफर्मले कर कट्टी सुविधा लिन पाउने छैनन् । प्लेटफर्मले राइडरबाट लिने कमिसन, सेवा शुल्क तथा अन्य नियमित कारोबारमा भने १३ प्रतिशत भ्याट लाग्नेछ । त्यसका लागि छुट्टै कर बिजक जारी गर्नुपर्नेछ।

    राइड सेयरिङ प्लेटफर्ममा आबद्ध सबै राइडरले अनिवार्य रूपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने छ । तर, उनीहरूलाई भ्याटमा दर्ता हुन भने अनिवार्य नरहेको विभागले जनाएको छ ।

    त्यस्तै, राइड सेयरिङ प्लेटफर्ममा आबद्ध प्राकृतिक व्यक्तिलाई प्रदान गरिने सेवाबापतको रकममा १ प्रतिशत अग्रिम आयकर पनि कट्टा हुनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij