काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय प्रदेश अस्पताल विरेन्द्रनगर सुर्खेतबीच सम्झौता भएको छ । बैंकको तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता–पत्रमा उल्लेख भए अनुसार राष्ट्रिय वाणिज्य बैंकले कर्णाली प्रदेश अस्पतालका कर्मचारीहरूका लागि तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालन गर्नुका साथै सहुलियत दरमा अन्य बैंकिङ्ग सेवा सुविधा उपलब्ध गराउनेछ ।
राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१६ शाखा कार्यालयहरू मार्फत कर्जा, निक्षेप सहित एटिएम, मोबाइल बैंकिङ लगायतका आधुनिक डिजिटल बैंकिङ सेवाहरू उपलब्ध गराइरहेको छ ।




