आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

११ महिनामा वाणिज्य बैंकहरूले कमाए साढे ६४ अर्ब नाफा

११ महिनामा वाणिज्य बैंकहरूले कमाए साढे ६४ अर्ब नाफा

सजिलो पाना
सोमवार, आषाढ २९ २०८३
सजिलो पाना
सोमवार, आषाढ २९ २०८३
  • काठमाडौं। वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको अवधिमा खुद नाफामा भारी वृद्धि गरेका छन्। 

    नेपाल राष्ट्र बैंकको वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरूले जेठ महिनासम्मका ६४ अर्ब ५६ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन्। गत आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको तुलनामा नाफा १९.६२ प्रतिशतले बढी हो। त्यस अवधिमा ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँमात्रै खुद नाफा कमाएका थिए।यस अवधिमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमा १४ वटाले नाफामा वृद्धि गरेका छन् भने ६ वटाको नाफामा कमी आएको छ। 

    चालु आवको जेठ महिनासम्ममा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ। यस बैंकले ८ अर्ब ४९ करोड २२ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्षको तुलनामा नबिलको नाफा ३२.५२ प्रतिशतले बढी हो। गत वर्षको यसै अवधिमा नबिलले ६ अर्ब ४३ करोड ८३ लाख रुपैयाँ कमाएको थियो। 

    नाफा कमाउने दोस्रो बैंकमा ग्लोबल आईएमई रहेको छ। यस बैंकले ११ महिनाको अवधिमा ५ अर्ब ९७ करोड ८३ लाख रुपैयाँ कमाएको छ। ग्लोबलको यो नाफा गत वर्षको तुलनामा  ०. ९६ प्रतिशतले कमी हो। 
    • सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमा १४ वटाले वृद्घि गरेका छन् भने ६ वटाको नाफामा कमी आएको छ ।
    • चालु आवको जेठ महिनासम्ममा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंकले ८ अर्ब ४९ करोड २२ लाख आर्जन गरेको छ।

    त्यसैगरी, नाफा कमाउने तेस्रो स्थानमा कुमारी बैंक रहेको छ। कुमारीले ४ अर्ब ७० करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ। कुमारीले गत आर्थिक वर्षको ११ महिनामा ३७ करोड ११ लाख रुपैयाँ मात्र खुद नाफा गरेको थियो। यस आवमा कुमारीले ११६८.४४ प्रतिशतले नाफा वृद्धि गरेको हो। 

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) नाफा कमाउनेमा चौथो स्थानमा परेको छ। एनआईएमबीले ११ महिनाको अवधिमा ४ अर्ब ४९ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ। एनआईएमबीको यो नाफा गत वर्षको तुलनामा २१.०४ प्रतिशतले कमी हो। 

    पाँचौं स्थानमा परेको एभरेस्ट बैंकले जेठ महिनासम्ममा ४ अर्ब १२ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ। प्राइम कमर्सियल बैंकले ३ अर्ब ७४ करोड ९४ लाख नाफा आर्जन गरेको छ। त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ७२ करोड ४८ लाख, एनएमबी बैंकले ३ अर्ब ६३ करोड ८ लाख, नेपाल बैंकले ३ अर्ब ३२ करोड ७७ लाख र त्यसपछि सानिमा बैंकले ३ अर्ब १२ करोड २४ लाख रुपैयाँ नाफा कमाएका छन्। 

    लक्ष्मी सन्राइज बैंकको नाफा २ अर्ब ८९ करोड ३२ लाख, सिद्धार्थ बैंकको २ अर्ब ८० करोड १७ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकको २ अर्ब ६२ करोड ४१ लाख, त्यसपछि माछापुच्छ्रे बैंकको २ अर्ब १७ करोड ७१ लाख रुपैयाँ आर्जन भएको छ। त्यसैगरी, कृषि विकास बैंकले १ अर्ब ९५ करोड ८९ लाख, नेपाल एसबीआई बैंकले १ अर्ब ८३ करोड ८४ लाख, सिटिजन्स बैंक इन्टरनेसनलले १ अर्ब ७४ करोड ६१ लाख, प्रभु बैंकले १ अर्ब ५० करोड ४८ लाख र हिमालयन बैंकले १ अर्ब १६ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। 

    चालु आर्थिक वर्षको ११ महिनामा सबैभन्दा कम एनआईसी एसिया बैंकले यस वर्ष जेठ मसान्तसम्म जम्मा ५० करोड ७७ लाख रुपैयाँमात्र नाफा कमाउन सकेको छ। यस बैंकले गत वर्ष ८२ करोड ९७ लाख रुपैयाँ कमाएको थियो। गत वर्षको तुलनामा यस बैंकको खुद नाफामा ३८.८१ प्रतिशत गिरावट आएको हो। त्यसैगरी दोस्रो कमजोरमा बैंक प्रभु बैंक परेको छ। यस बैंककोे नाफामा ३४.९१ प्रतिशतले घटेको छ। त्यसैगरी हिमालयन बैंकको पनि २८.५८ प्रतिशतले कमी भई १ अर्ब १६ करोड ४३ लाख रुपैयाँ आर्जन गरेको छ। 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij