आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

गणेश नेपालीको अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै

गणेश नेपालीको अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै

सजिलो पाना
शुक्रवार, आषाढ २६ २०८३
सजिलो पाना
शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। हाल उनको वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमार्फत उपचार भइरहेको छ।

    चिकित्सकहरूले स्वास्थ्य अवस्था अझै अस्थिर रहेको जनाउँदै तत्काल भारत लैजान उपयुक्त नभएको निष्कर्ष निकालेपछि उनलाई नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) पठाउने तयारी हाललाई स्थगित गरिएको छ।

    प्रारम्भिक रूपमा थप विशिष्टीकृत उपचारका लागि भारत पठाउने तयारी गरिए पनि पछिल्लो स्वास्थ्य मूल्याङ्कनपछि उक्त निर्णय रोकिएको स्रोतले जनाएको छ।

    चिकित्सकहरूले बिरामीको अवस्था स्थिर भएपछि मात्र विदेश लैजान सकिने बताएका छन्। सरकारले गणेशको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाट व्यहोर्ने यसअघि नै घोषणा गरिसकेको छ।

    घाइतेको उपचारमा वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेषज्ञ टोली खटिएको छ। टोलीमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीहरू सहभागी छन्।

    मुगुको सोरु गाउँपालिका- १ निवासी २५ वर्षीय गणेश नेपालीले बिहीबार दिउँसो राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए। अस्पतालका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij