बुधवार, कार्तिक ५ गते २०८३    

बुधवार, कार्तिक ५ गते २०८३    

सर्वाेच्च अदालतकाे आदेश पालना गर्ने रास्वपाको निर्णय

सर्वाेच्च अदालतकाे आदेश पालना गर्ने रास्वपाको निर्णय

सजिलो पाना
सोमवार, जेठ १२ २०८२
सजिलो पाना
सोमवार, जेठ १२ २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेमाथि सर्वोच्च अदालतले दिएको आदेश पालना गर्ने निर्णय गरेको छ ।

    रास्वपाको केन्द्रीय समितिकाे आजकाे बैठकले पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध राखिएको आरोप लगाउँदै प्रतिशोधविरुद्ध बृहत् अभियान थाल्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

    केन्द्रीय समितिले ‘प्रतिशोधविरुद्ध न्यायका लागि बृहत् अभियान’ घोषणा गर्दै यस अभियानको संयोजकमा सहकोषाध्यक्ष दीपक बोहरालाई तोकेको छ । राजनीतिक मुद्दा देश–विदेशमा रहेका आम नेपालीमाझ नै स्थापित गर्नेगरी अभियान सञ्चालन गर्ने झाले बताएका छन् ।

    यस्तै भिजिट भिसाका विषयमा गम्भीर छानबिन हुनुपर्ने माग गर्दै दोषीमाथि कारबाहीका लागि सदनमा प्रभावकारी कदम चाल्न रास्वपाले संसदीय दललाई निर्देशनसमेत दिएको छ ।

    केन्द्रीय समितिले पार्टी सहमहामन्त्री एवम् सांसद सुमना श्रेष्ठले पदबाट र केन्द्रीय सदस्य अनिल केशरी शाहले केन्द्रीय प्रशिक्षण विभाग प्रमुखबाट दिएको राजीनामा अनुमोदन गरेको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij