आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

‘साउन्ड सिस्टम’मा समस्या देखिएपछि राष्ट्रियसभा बैठक स्थगित

‘साउन्ड सिस्टम’मा समस्या देखिएपछि राष्ट्रियसभा बैठक स्थगित

सजिलो पाना
शुक्रवार, आषाढ १९ २०८३
सजिलो पाना
शुक्रवार, आषाढ १९ २०८३
  • काठमाडौं । ‘साउन्ड सिस्टम’मा समस्या देखिएपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले साउन्ड सिस्टममा समस्या देखिएपछि बैठक केही बेरलाई स्थगित गरिएको जानकारी दिए । 

    १७ मिनेटसम्म बैठक चलेपछि सभाको प्रत्यक्ष प्रसारणमा अडियो नआएपछि बैठक स्थगित गरिएको हो । अडियो नआउँदा रेकर्डमा समेत समस्या भएको भनेर बैठक नै स्थगित गरिएको प्रवक्ता गिरीले जानकारी दिए । 

    उनले प्राविधिक समस्या समाधान भए लगत्तै बैठक सुरु हुने जानकारी दिए । आजको बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले प्रतिनिधिसभाबाट पारित भएर गएका अध्यादेश प्रतिस्थापन विधेयक सहितका विधेयकहरू बारेको सन्देश टेबुल गर्ने, विनियोजन विधेयकमाथिको छलफल गर्ने विषय कार्यसूचीमा छन् ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij