शुक्रवार, कार्तिक ७ गते २०८३    

शुक्रवार, कार्तिक ७ गते २०८३    

गणतन्त्र दिवस देशभर उत्सवका रूपमा मनाउने एमालेको निर्णय

गणतन्त्र दिवस देशभर उत्सवका रूपमा मनाउने एमालेको निर्णय

सजिलो पाना
आइतवार, जेठ ११ २०८२
सजिलो पाना
आइतवार, जेठ ११ २०८२
  • काठमाडौं। नेकपा एमालेले जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रूपमा मनाउने निर्णय गरेको छ ।

    पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले सचिवालय बैठकले देशभरका सबै पालीकाका साथै काठमाडौं उपत्यकामा गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

    काठमाडौं उपत्यकाको हकमा सांस्कृतिक झाँकीसहित गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउनका लागि नेपाल जन सांस्कृतिक महासंघलाई कार्यक्रमको संयोजन गर्ने जिम्मेवारी दिइएको उनले बताए । 

    बैठकले गणतन्त्रलाई सबल र सुदृढ बनाउन पार्टीले जोड दिएको भन्दै व्यवस्थाविरुद्ध हुने कुनै पनि गतिविधिहरू एमालेलाई स्वीकार्य नरहेको निष्कर्ष निकालेको पोखरेलले बताए   उनले जनताको अधिकारको रक्षा र संरक्षणका साथै गणतन्त्र स्थापनालाई जनताको  उत्सवको मनाउनेमा एमालेको ध्यान रहेको उल्लेख गरे ।  

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij