काठमाडौं ।पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सकिएको छ ।
काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीको शल्यक्रिया गरिएको हो ।
अस्पतालका सहायक प्रवक्ता कालीबहादुर रोस्याराका अनुसार, ओलीको सबै रिपोर्टहरू आएपछि शल्यक्रिया गरिएको हो ।
ओलीको पित्तथैलीमा समस्या देखिएको थियो । प्रहरीले जेनजी आन्दोलन दबाउन भूमिका निर्वाह गरेको भन्दै आयोगको प्रतिवेदनअनुसार उनलाई नियन्त्रणमा लिएपछि स्वास्थ्यमा समस्या देखिएपछि उक्त अस्पतालमा भर्ना गरिएको थियो ।
ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी रहेको छ ।




