आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

शिवकुमार कार्की प्रकरण: ‘कि सास देऊ कि लास देऊ’ (तस्बिरहरू)

शिवकुमार कार्की प्रकरण: ‘कि सास देऊ कि लास देऊ’ (तस्बिरहरू)

सोमवार, चैत्र १६ २०८२
सोमवार, चैत्र १६ २०८२
  • काठमाडौं । बेनीघाट रोराङ गाउँपालिकाका शिवकुमार कार्की हराएपछि हत्या गरिएको आशंका गरिएको घटनामा अहिलेसम्म निष्पक्ष न्याय नपाएको भन्दै स्थानीय स्तरमै पुनः विरोध प्रदर्शन गरिएको छ। घटना भएको दुई वर्ष बितिसक्दा पनि दोषीमाथि कारबाही नभएको भन्दै स्थानीय बासिन्दा, आफन्त तथा पीडित परिवार आन्दोलनमा उत्रिएका हुन्।

    प्रदर्शनकारीहरूले जनाए अनुसार, दुई वर्षसम्म पनि घटनाको कुनै अत्तोपत्तो नलाग्नु र सम्बन्धित निकाय तथा जिम्मेवार व्यक्तिहरूले कुनै चासो नदेखाउनु गुनासोको मुख्य कारण हो। उनीहरूले जनताको आवाज कसैले नसुनेको र न्यायका लागि उठाइएका आवाजलाई बेवास्ता गरिएको आरोप लगाएका छन्।

    घटनापछि केही संकास्पद व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो, तर ती व्यक्तिहरू राजनीतिक पहुँच भएका नातेदार रहेको र पैसाको आडमा वास्तविक दोषीलाई जोगाउन खोजिएको भनाइ छ। साथै, निर्दोष व्यक्तिलाई पैसा दिएर अपराध स्वीकार गर्न दबाब दिइएको भन्ने गम्भीर आशंका पनि व्यक्त गरिएको छ।

    प्रदर्शनमा ‘वास्तविक दोषी पत्ता लगाऊ’, ‘कि सास देऊ कि लास देऊ ’, ‘शिवकुमार कार्कीलाई न्याय देऊ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर निष्पक्ष छानबिनको माग गरिएको छ।

    पीडित पक्षले राजनीतिक प्रभावबाट टाढा रही सत्य तथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन्।

    shiva kumar karki.jpg

    shii .jpg

    shiva kumar karki .jpg

    shiva kumar .jpg

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij