बुधवार, कार्तिक ५ गते २०८३    

बुधवार, कार्तिक ५ गते २०८३    

बाजुराका विद्यार्थीलाई झोला बाँड्दै सानिमा रिलायन्स

बाजुराका विद्यार्थीलाई झोला बाँड्दै सानिमा रिलायन्स

सजिलो पाना
मंगलवार, बैशाख ३० २०८२
सजिलो पाना
मंगलवार, बैशाख ३० २०८२
  • काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले बाजुरा जिल्लाको बजेडी आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरूका लागि शैक्षिक सामग्री राख्ने झोला वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीको तर्फबाट क्षेत्रीय प्रबन्धक गणेश उप्रेतीको उपस्थितिमा वैशाख २४ गते १४७  थान  शैक्षिक सामग्री राख्ने झोला विद्यालयका विद्यार्थीहरूलाई हस्तान्तरण गरिएको हो ।

    हाल यस विद्यालयमा इ.सि.डी देखि कक्षा ८ सम्मका १४७ विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । कम्पनीले मुलुकको अति पिछडीएको जिल्लामा न्यून आय भएका जेहेन्दार विद्यार्थीहरूको दुखमा मलम लगाउने कार्य गरेको छ । 

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि विभिन्न गतिविधिहरू मर्फत सक्रिय भूमिका निभाउँदै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्न, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापन जस्ता क्षेत्रहरूमा योगदान पुर्याउने योजना रहेको बताएको  छ ।

    यस्ता प्रयासहरू मार्फत संस्थाले नाफामुखी व्यापारसँगै सामाजिक हितलाई पनि अगाडि बढाउने विश्वास लिएको छ । भविष्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अझ प्रभावकारी र समुदायमैत्री बनाउने योजना कम्पनीले बनाएको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij