आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सामान्यले बढ्यो नाफा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सामान्यले बढ्यो नाफा

सजिलो पाना
शुक्रवार, बैशाख २६ २०८२
सजिलो पाना
शुक्रवार, बैशाख २६ २०८२
  • काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा सामान्य बढेको छ ।

    कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्म २७ करोड ७ लाख रूपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिसम्म २६ करोड ८९ लाख रूपैयाँ खुद नाफा कमाएको कम्पनीले यस वर्ष ०.६७ प्रतिशत बढी खुद नाफा गरेको हो।

    गत वर्ष ८ अर्ब ९१ करोड रूपैयाँ रहेको जीवन बीमा कोष यस वर्ष ४३.६१ प्रतिशतले बढेर १२ अर्ब ८० करोड रुपैयाँ नाघेको छ। यस वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन पनि २ अर्ब ९६ करोड रुपैयाँबाट बढेर करीब साढे ३ अर्ब रुपैयाँ पुगेको छ। कम्पनीको कुल आम्दानी १६.८० प्रतिशतले बढ्दा कुल खर्च १७.७२ प्रतिशतले वृद्धि भएको छ।

    गत वर्ष ३ अर्ब ८९ करोड रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले यस वर्ष ४ अर्ब ५५ करोड रुपैयाँ आम्दानी गरेको छ भने गत वर्ष ३ अर्ब ६२ करोड रुपैयाँ कुल खर्च गरेको कम्पनीले यस वर्ष ४ अर्ब २६ करोड रूपैयाँ खर्चिएको छ।चुक्ता पूँजी ४ अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा करीब साढे १० करोड रूपैयाँ, जगेडा कोषमा करीब साढे ७९ करोड रुपैयाँ र सेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ रहेको छ।

    कम्पनीको प्रतिसेयर आम्दानी गत वर्ष ८ रुपैयाँ ३५ पैसा रहेकोमा चालू आवमा घटेर ७ रुपैयाँ ६४ पैसामा झरेको छ भने प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ८९ पैसा छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij