आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

हुन्डाई नेपालद्वारा बिर्तामोडमा क्रेटा ईभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

हुन्डाई नेपालद्वारा बिर्तामोडमा क्रेटा ईभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सजिलो पाना
शुक्रवार, बैशाख २६ २०८२
सजिलो पाना
शुक्रवार, बैशाख २६ २०८२
  • काठमाडौं । नेपालमा हुन्डाई गाडीको एकमात्र आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले बिर्तामोडमा क्रेटा ईभी (इलेक्ट्रिक गाडी) सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त कार्यक्रम २०८२ वैशाख २५ गते ९८ मे २०२५० मा बिर्तामोडस्थित अलाइन्स मोटर्स, हुन्डाईको आधिकारिक डिलर, को प्राङ्गणमा आयोजना गरिएको थियो।

    हुन्डाई नेपालले आफ्नो उत्कृष्ट सेवा, गुणस्तरीय गाडी र देशभर फैलिएको बलियो सञ्जालका कारण नेपालको अटोमोबाइल क्षेत्रमा अग्रणी स्थान बनाएको छ। कम्पनीका अनुसार नयाँ क्रेटा ईभीको सार्वजनिकले ग्राहकहरूलाई विद्युतीय गाडीप्रतिको दुविधा हटाउन महत्त्वपूर्ण योगदान गरेको छ। धेरै ग्राहकहरूले ईभी गाडी लिँदा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र ब्याकअप सपोर्टको विषयमा चिन्ता व्यक्त गर्ने गरेका थिए। तर, हुन्डाईले नेपालमा क्रेटा ईभी र पेट्रोल गाडी दुवै मोडलमा समान प्रविधि र सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीले यी दुवै प्रकारका गाडीका लागि समान स्तरको सेवा, पार्ट्स र सपोर्ट सुनिश्चित गरेको छ।

    कार्यक्रममा हुन्डाईको उच्च व्यवस्थापन टोलीको उपस्थितिमा क्रेटा ईभीको विशेषताहरूबारे जानकारी दिइएको थियो। उपस्थित ग्राहकहरूले हुन्डाईको टोलीसँग प्रत्यक्ष कुराकानी गरी आफ्ना जिज्ञासाहरूको समाधान प्राप्त गरेका थिए। साथै, आवश्यक सहयोग र जानकारी पनि प्रदान गरिएको थियो।

    लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा। लि। र हुन्डाई नेपालले बिर्तामोडको उक्त कार्यक्रममा सहभागी सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन्। कम्पनीले सफा र हरियाली भविष्यतर्फको यात्रालाई अगाडि बढाउँदै देशका सबै क्षेत्रमा ग्राहकहरूसँगको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता दोहोर्‍याएको छ। हुन्डाई नेपालले देशका विभिन्न स्थानहरूमा यस्ता अन्तरक्रिया र सार्वजनिकीकरण कार्यक्रमहरू मार्फत ग्राहकहरूसम्म पुग्ने योजना बनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij