काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.६० अंकले घटेर २६६१.०८ विन्दुमा रोकिएको छ ।
अघिल्लो कारोबार दिन बुधबार भने नेप्से ६२.२५ अंकले बढेर २६७३ विन्दु कायम भएको थियो । बिहीबार सूचक घटेपनि कारोबार भने बढेको छ ।




