काठमाडौं । नेपालकै पहिलो खेलकुद विशेष डिजिटल प्लेटफर्म (OTT)‘STYX NEPAL' औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
नेपाली खेलप्रेमीहरूलाई लक्षित गरी उच्च गुणस्तरको खेलकुद सामग्री र प्रत्यक्ष प्रसारण उपलब्ध गराउने उद्देश्यले यो प्लेटफर्मको सुरुवात गरिएको हो ।
विश्वभरका क्रिकेट प्रेमीहरूको ढुकढुकी मानिने टि-२० वर्ल्डकप यसपटक STYX NEPAL मार्फत नेपालभर प्रत्यक्ष प्रसारण गरिने STYX NEPAL का प्रबन्ध निर्देश शिशिर पछाईले जानकारी दिए।
एन्ड्रोइड र आईओएस (iOS) दुवै प्लेटफर्मका लागि उपलब्ध एप डाउनलोड गरी प्रयोग गर्न सकिने STYX NEPAL ले जनाएको छ।




