आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको‌ उपाधि भुवनलाई

सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको‌ उपाधि भुवनलाई

सजिलो पाना
शुक्रवार, माघ १६ २०८२
सजिलो पाना
शुक्रवार, माघ १६ २०८२
  • बर्दिबास । भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुर अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् ।‌

    बिहीबार बर्दिबासस्थित पार-७२ को मिथिला नगरी आर्मी गल्फ क्लबमा २-अन्डर ७० को स्कोर गरेका उनले कुल ९-अन्डर २०७ स्कोर गरे ।

    भुवनले नेपाल नम्बर एक प्रो निरज तामाङसँगै टंक बहादुर कार्की र भुवन कुमार रोक्कालाई १० स्ट्रोकले हराउँदै करियरको १२औं उपाधि जितेका हुन् । ट्रफीसँगै उनले १ लाख ७० हजार रुपैयाँ हात पारे ।

    अन्तिम दिन निरजले इभन-पार ७२ को स्कोर निकाल्दा टंक र भुवनले २-ओभर ७४ मा खेल सकाए । उनीहरुले समग्रमा १-ओभर २१७ को नतिजामा संयुक्तरुपमा दोस्रो स्थान बाँडे । उनीहरूले जनहि १ लाख २ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार पाए ।

    जयराम श्रेष्ठले २-अन्डर ७० र धन बहादुर थापाले १-अन्डर ७१ को सहित समग्रमा २-ओभर २ सय १८‌‌ को स्कोरमा संयुक्त पाँचौँ स्थानमा रहे । दुवैले ६८ हजार रुपैयाँ प्राप्त गरे ।

    दिनेश प्रजापतिले इभन-पार ७२ खेल्दा ४-ओभर २ सय २० को स्कोरमा सातौँ स्थान प्राप्त गरे । उनले ५७ हजार रुपैयाँ पुरस्कार हात पारे ।

    कुमार कामीले १-ओभर ७३ खेल्दै समग्रमा ५-ओभर २ सय २१ स्कोरसहित आठौँ स्थानमा रहँदै ५१ हजार रुपैयाँ प्राप्त गरे ।

    सुमन परियार र सञ्जय लामा ६-ओभर २ सय २२ स्कोरसहित संयुक्तरुपमा नवौँ स्थानमा रहे । दुवैले ४४ हजार रुपैयाँ पाए ।

    यस्तै रवि खड्का र बलभद्र राईले समग्रमा २ सय २५ स्कोरसहित ११औँ स्थान बाँडे । उनीहरूले समान ३६ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

    एमेच्योरतर्फ सुन्दर राईले उपाधि जिते । उनले आज इभन -पार ७२ खेल्दै समग्रमा ५-ओभर २ सय २१ स्कोरसहित प्रकृत तामाङलाई १६ स्ट्रोकले पछि पारे । २१-ओभर २ सय ३७ स्कोर सहित प्रकृत तामाङ दोस्रो भए ।

    विजेता भुवनले फ्रन्ट नाइन १-अन्डर ३५ खेले । तेस्रो र पाँचौँ होलमा बर्डी प्रहार गरेका उनले चौथो होलमा एक सट खेर फाले । यसपछि ११औँ, १५औँ र १६औँ होलमा बर्डीको‌ सफलता प्राप्त गर्दा १३औँ र १४औँ होलमा बोगी खेप्दै ब्याक नाइन पनि १-अन्डर ३५ खेले ।  उनले पहिलो दिन ५-अन्डर ६७ को कोर्स रेकर्ड बनाएका थिए भने दोस्रो दिन २-अन्डर ७० खेलेका थिए ।

    निरजले फ्रन्ट र ब्याक नाइन दुवै इभन-पार ३६ खेले । उनले आठौं र १६औं होलमा बर्डी र पाँचौं र १३औं होलमा बोगी खेप्दा बाकी १४ वटा होलमा पार बचाए ।

    टंकले भने फ्रन्ट र ब्याक नाइन दुवै १-ओभर ३७ मा सकाए।‌दोस्रो होलमा बर्डी प्रहार गरेका उनले पाँचौं र आठौ होलमा बोगीको समान गरे । यसपछि ब्याक नाइनमा १४ औं होलमा एक सट खेर फाले ।

    भुवन कुमार रोक्काले भने पाँचौं होलको बोगीका विरूद्ध आठौं होलको बर्डीले इभन-पार ३६ खेले । यसपछि १०औं होलामा बर्डी प्रहार गरेका उनले ११औं, १४औं र १८औं होलामा बोगी खेप्दै ब्याक नाइन २-ओभर ३८ मा सकाए ।

    प्रतियोगिताका विजयी खेलाडीहरुलाई मधेस प्रदेश प्रमुख मा। सुरेन्द्र लाभ कर्ण, मध्यपुर्वी पृतनाका पृतनापति उपरथी कृष्ण बहादुर जीसी, मधेस प्रदेश प्रमुख सचिव कमल भट्टराई र सूर्य नेपाल प्रालिका कर्पोरेट उपाध्यक्ष रवि केसिले पुरस्कार वितरण गरे ।

    सूर्य नेपाल प्रालिको प्रायोजनमा नेपाल पीजीएद्वारा आयोजित ५४ होलको प्रतियोगितामा ३० प्रो र ६ एमेच्योर गरी कुल ३६ गल्फरको सहभागीता रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij