काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएपछि मन्त्री गुप्ताले पदबाट राजीनामा दिएका हुन् ।
‘उम्मेदवारी दिने सिलसिलामा म अहिले सिरहा पुगेको छु, इमेलमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पठाएको छु,’ उनले भने, ‘आफ्नो राजीनामाबारे टेलिफोनमार्फत प्रधानमन्त्रीलाई जानकारी गराइसकेको छु ।’
जेन-जी आन्दोलनपछि गठन भएको सरकारमा उनले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका थिए । वर्तमान सरकारमा उनी जेनजी पुस्ताको प्रतिनिधित्व गरिरहेका थिए ।




