आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सिद्धार्थ बैंकको सहयोगमा जनप्रिय आधारभुत विद्यालय भवनको पुनर्निर्माण सुरु

सिद्धार्थ बैंकको सहयोगमा जनप्रिय आधारभुत विद्यालय भवनको पुनर्निर्माण सुरु

सजिलो पाना
बिहिवार, बैशाख १८ २०८२
सजिलो पाना
बिहिवार, बैशाख १८ २०८२
  • काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले सानीभेरी गाउँपालिका–१, रुकुम पश्चिम स्थित श्री जनप्रिय आधारभुत विद्यालयको भवन पुनर्निर्माणको शिलान्यास कार्यक्रम गरेको छ ।

    २०८० साल कात्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको दुई वटा भवन मध्ये एक भवनको पुनर्निर्माण कार्य बैंकको सहयोगद्धारा बन्न लागेको हो । कुल १७५ जना विद्यार्र्थी अध्ययनरत रहेको यस विद्यालयमा बाल कक्षादेखि कक्षा ८ सम्मको पठनपाठन  सञ्चालन भइरहेको छ ।

    शिलान्यास कार्यक्रममा सानीभेरी गाउँपालिका, रुकुम पश्चिमका अध्यक्ष श्री विर्ख बहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, सोहि गाउँपालिका–वडा नं.१ का वडा अध्यक्ष टेक बहादुर पुन, कार्यपालिका सदस्य सेते कामी, अभिभावक संघको अध्यक्ष तुताराम खड्का, जनप्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक लाले राना मगर, सिद्धार्थ बैंक लिमिटेड मुसिकोट शाखाका शाखा प्रबन्धक ओपेन्द्र विष्ट लगायत अन्य शिक्षकहरु, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

    बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पुर्याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij